सिरियामा जारी आन्दोलनमा पक्राउ परेकाहरुलाई छाडिएको छ । सिरियाली राष्ट्रपति बशर अल असदविरुद्ध केही महिनादेखि जारी प्रदर्शनका क्रममा पक्राउ परेका सयौं बन्दीलाई रिहा गरिएको सरकारी भनाइ छ ।
सिरियामा रहेका अरब लीगका पर्यवेक्षकहरुको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो ।
सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीहरु माथि अमानवीय व्यवहार भएको भन्दै विश्व समुदायले खेद व्यक्त गरेपछि सिरियाली सरकारको ध्यान बन्दी रिहातर्फ गएको हो ।