चीनको अर्थब्यबस्था गत तीन महिनामा ओरालो लागेको एक तथ्यांकले देखाएको छ । चीनले हालै सार्वजनिक गरेको सरकारी तथ्यांकअनुसार चीनको बार्षिक बिकास दर गत बर्ष १० दशमलव ३ रहेकोमा यो बर्ष ९ दशमलव २ प्रतिशतमा झरेको छ ।
चीन बिश्वको दोश्रो अर्थब्यबस्था भएको मुलुक मानिन्छ । आर्थिक बृद्धि आरोलो लाग्ने क्रमसंगै चीनले ऋण प्रवाहमा कमी ल्याएको छ । निर्यात दरमा कमी आएको कारण अर्थब्यबस्था ओरालो लागेको भन्दै चीनले जारी ऋण प्रवाहमा कटौती ल्याएको हो ।
चीनको अर्थब्यबस्थामा आएको कमीको असर बिश्वभर पर्नसक्ने अनुमान गरिएको छ । ओरालो लागेको अर्थब्यबस्था उकास्नका लागि अझै केही बर्ष लाग्ने चीन सरकारको भनाई छ ।