पेरुमा भारी बर्षापछि आएको बाढीपहिरोका कारण जनजीवन अस्तब्यस्त

पेरुमा भारी बर्षापछि आएको बाढीपहिरोका कारण जनजीवन अस्तब्यस्त बनेको छ । पेरुका सन मार्टिन र टम्ब्स शहरका ६० वटा घर डुबानमा परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

 

भारी बर्षाले पेरुको प्रख्यात नदी ह्वाएबाम्बाको पानी बस्तीमा पस्दा घरहरु डुबानमा परेका हुन् । बाढीले गर्दा सयौं हेक्टर जमीन र बालीनाली नष्ट भएको छ । बाढी घरघरमा पस्दा त्यहाँको जनताको दैनिकी प्रभाबित हुनुका सार्थै कयौं सवारीसाधनहरु पनि डुबेका छन् । हवाई, यातायात, टेलिफोन र बिद्युत सेवा अवरुद्ध बनेकाले पेरुका जनताले सरकारसंग उचित राहतको माग गरेका छन् ।

 

पेरु सरकारले बाढीप्रभाबितहरुका लागी सुरक्षीत बसोबासको ब्यबस्था गरेको छ । पेरुमा अझ केही दिनसम्म भारी बर्षा हुने त्यहांका मौसमबिद्हरुले जनाएका छन् ।