हेइटीमा भएको सडक दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । बालुवा बोकेको ट्रकले नियन्त्रण गुमाई बस र अन्य गाडीलाई ठक्कर दिंदा धेरै मानिसको मृत्यु भएको बुझिएको छ ।
राजधानी पोर्ट ओ प्रिन्समा गुडिरहेको सार्वजनिक यातायातको बसमा अनियन्त्रित ट्रक ठोक्किन पुगेको हो ।
ट्रकका चालकलाई छानबीनका लागि हाल हिरासतमा लिईएको छ । मुत्यु हुनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् ।
घटनामा केही पैदल यात्रीहरुको पनि मृत्यु भएको छ । घटनामा कम्तीमा ६७ जना घाइते भएका छन् । घाईतेहरुको अवस्था गम्भीर रहेको छ ।