इटलीको पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । उद्धारकर्मीहरुले थप पाँच जनाको शव फेला पारेपछि मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
सो पानीजहाज दुर्घटनामा २९ यात्रु हराईरहेकोमा २४ जनाको खोजीकार्य जारी छ ।
जहाज दुर्घटनामा परेको थाहा पाएपछी धेरै ब्यक्ति समुद्रमा हाम्फालेकोले उद्धार कार्यमा कठिनाई भएको उद्धारकर्मीहरुले जनाएका छन् । करीब चार हजार यात्रु सवार इटलीको पानी जहाज कोस्टा काँन्कोर्डिया समुद्रभित्रको चट्टानमा ठोक्किंदा पल्टेको थियो । जहाजमा इटलीका १ हजार, जर्मनीका ५ सय तथा फ्रान्सका १ सय ६० र बाँकी अन्य देशका पर्यटकहरु रहेको बताईएको छ ।
यसैबीच सो जहाजका चालक फ्रान्सिस्को शेटिनोले नजरबन्दमा राख्न इटलीको अदालतले आदेश दिएको छ । दुर्घटना लगत्तै जहाजबाट हाम्फालेका उनलाई यात्रुहरुको उद्धार नगरेकोमा कारबाही गरिने भएको छ । शेटिनोले भने जहाजमा उद्धारकर्मीहरु आएपछि आफू निस्केको बताउँदै आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।