छ मुलुकसँग आणविक वार्ता गर्न इरान तयार भैसकेको छ। उक्त कुरा हिजो रुसी विदेशी मन्त्री सेर्गेइ लाभरोभले मस्कोमा आयोजित कूटनीति निचोड पत्रकार सम्मेलनमा बताउनुभएको हो। रुसी विदेश मन्त्रीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा समितिका उपसचिवले हालै मस्कोको भ्रमण गर्दै यसै क्षेत्रबारे छलफल गर्नुहुने जानकारी दिनुभएको छ।
विदेशमन्त्री लाभरोभले यूरोपेली संघका विभिन्न सदस्य मुलुकका प्रतिनिधिले इरानसँग सम्पर्क गर्दै अर्को चरणको वार्ताको मिति निश्चित गर्न छलफल गरिरहेको बताउनुभयो।
केही पश्चिमी मुलुकले नागरिक आणविक योजनाको निहुँमा इरानले आणविक हात-हतियार उत्पादन गर्न कोसिस गरिरहेको ठहर लिएका छन्। इरानले यसमा अस्वीकृति व्यक्त गरेको छ। अमेरिका तथा यूरोपले इरानमा नयाँ नाकाबन्दी लगाउने योजना गर्दै छन।
केही पश्चिमी मुलुकले सिरियामा उडान निषेध क्षेत्र खडा गर्ने सम्भावनाबारे चर्चा गर्दै रुसी विदेशमन्त्री लाभरोभले उक्त विचार उचित भएको व्यक्त गर्नुभयो।