मिडिया उद्योगी रुपर्ट मर्डोकको बेलायती पत्रिकाले गरेको फाने ह्याकिङबाट पीडित भएकाले क्षतिपूर्ति पाएका छन् । क्षतिपूर्ति पाउने २६ जनामध्ये नायक जुडेल ल, फुटबल खेलाडी आस्ले कोल, बेलायती पूर्व उपप्रधानमन्त्री जो प्रेस्कोट लगायत छन्। मर्डोकको टेब्लोइड न्युज अफ द वल्र्ड र पत्रिका द सनविरुद्ध मुद्दा हालेका नायक लले २ लाख डलर र उनकी पूर्व पत्नी एवं नायिका सेडिई फ्रोस्टले ७७ हजार डलर क्षतिपूर्ति पाए । लेबर पार्टीका चर्चित नेता प्रेस्कोटलार्य ६२ हजार डलर क्षतिपूर्ति दिइएको छ ।
उक्त पत्रिकाको प्रकाशन समूह न्युज इन्टरनेसनलले अदालतमा माफी मागेर मिलापत्रमा क्षतिपुर्ति दिईएको छ । क्षतिपूर्ति माग्दै दायर ३६ मुद्दामध्ये अधिकांश मिलाइएको छ । न्युज इन्टरनेसनलले २००३ देखि २००६ सम्म न्युज अफ द बल्र्डमा प्रकाशित ल सम्बन्धी प्रकाशित १६ वटा समाचार फोन ह्याकिङबाट पाएको स्वीकार गरेको छ । हाल सो पत्रिका बन्द छ ।