ईजरेली सुरक्षाकर्मीहरुद्धारा प्यालेष्टिनी सभामुखलाई आतंकबादी गतिबिधिमा संलग्न भएको आरोपमा पक्राउ

ईजरेली सुरक्षाकर्मीहरुले प्यालेष्टिनी सभामुखलाई आतंकबादी गतिबिधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका छन् । हमासका चर्चित नेता समेत रहेका प्यालेष्टिनी सभामुख डा.अब्दुल अजीज अदवेकलाई पश्चिमी तटमा चेकजाँचका क्रममा ईजरेली सुरक्षाकर्मीको पक्राउमा परेका हुन् । इस्लामिक संगठन हमासका सदश्य समेत रहेका अवदेक पेलेस्टेनी क्षेत्रका गाजामा रहंदै आएका थिए ।


गत मे महिना अदवेकलाई इजरायलले पक्राउ गरी सोधपुछ पछि रिहा गरेको थियो । इजरायल र गाजाबीच तनाव सिर्जना भइरहेको बेला अवदेकको गिरफ्तारीलाई महत्वपूर्णका साथ हेरिएको छ । यसअघि गत बुधबार इजरायली बिमानले गाजामा हमला गरेपछि दुबै क्षेत्रका सेनाबीच ब्यापक भीडन्त भएको थियो । पेलेस्टिनी संसदमा हमासका ७४ सदश्य रहेकामा २० जना सांसदलाई इजरायल सरकारले नियन्त्रणमा लिइसकेको छ ।