फेसबूकमा अर्घाखाँचीबासी सँग गफगाफ (घर परिवार, सुखदुख, जीवन, राजनीतिक, स्वदेश एवम विदेशी भुमिसम्म)

– रमेश थापा  ।

 

नमस्ते, हजुर म KTM (काठमाडौं)बाट, अर्घाखाँची घर, हजुरको ? कहाँ होर —   भनेर हतार- हतारमा रहेकी शर्मिला रायमाझीले अर्घाखाँचीडट्कमसँग तोकिएको भन्दा थोरै समय दिएर गफगाफ गरिन ।

 


शर्मिला रायमाझी, काठमाडौं नेपाल। तस्बिर: फेसबूक

 

बुद्दनगरमा साईबरको पसल छ, म पसलबाटै अन्लाईनमा हो भनेर मिनेट भन्दा बढी समय लगाएर जवाफ फर्काउदै कुरा गरेकी शर्मिलाले कसरी बस्नु— काठमाडौंमा बस्न नै गार्हो छ , दिन प्रतिदिन महङी बढदै छ लाईट नै हुँदैन भनेर आफ्नो राजधानी काठमाडौं बसाइको बारेमा उल्लेख गरिन ।

म त अब जान्छु, पसल भन्दा गर्ने बेला भयो भनेर साह्रै हतारोमा रहेकी उनका २ बच्चा गरी ४ जनाको परिवार छ । काठमाडौंमा भाडामा बस्दै आएका छौ भनेर बताउने शर्मिलाका श्रीमान भिम रायमाझी स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझीका स्वकिय सचिव हुन। लाईट भएको बेलामा राम्रै नै साईबरको व्यापार चाल्ने बताउने उनी दिनभर पसलमा नै व्यस्त हुन्छिन भने बाँकी समय बच्चाहरु स्याहार सुसारमा।


मलाई सार्है ढिला भयो भन्दै पसल बन्द गर्न लागेकी उनिलाई राजनीतिक होस् कि सबिधान होस् केही पनि आफुलाई थाहा नभएको बताइन । यसैबिच अर्घाखाँचीडट्कमका थुप्रै गफगाफलाई व्यवास्ता गर्दै उनि अन्लाईनबाट हराइन ।

 


यसैगरी म त धेरै टाढाबाट हो भनेर कुरा शुरु गरेका नारायण भट्टराईले पश्चिम अफ्रीकी राष्ट्र घानाबाट अन्लाईनमा बसेको बताए। घाना आएको ४ महिना चलिरहेको छ भनेर जानकारी गराउने नारायणको घर अर्घा – ७, धरमपानी अर्घाखाँची हो। ३१ बर्ष उमेर भएका उनका सबै परिवार नेपालमा नै छन भने आफु ४ महिना अगाडि नेपालबाट सिदै घाना आएको बताए।

 


नारायण भट्टराई, अकरा, घाना । तस्बिर: फेसबूक

 


मल्टी नेश्नल कम्पनीमा काम गर्ने बताउने नारायणले आफु यस भन्दा अगाडि दुबइमा पनि काम गरेको जानकारी गराए र भने घानाको राजधानी अकराको बसाई दुबइको भन्दा पनि राम्रो छ भनी बताए।

 


आफ्ना सम्पूर्ण परिवार नेपालमा छन, कमाई राम्रै हुन्छ भनेर अगाडि कुरा गरिरहेका नारायणले नेपालको वर्तवान राजनीतिकको बारेमा धेरै व्यख्या गरे । के बाबुराम खै त्यो जो गए नि नेता नराम्रो अगाडि हुदो रहेछ , त्यसमा नि माओवादीमा धेरै नै त्यस्तो भयो—– करोडौको बजेट जिल्लामा आउन्छ त्यो कार्यकर्ताको खर्चमा नै ७५% सकिन्छ भनेर हिनता प्रकट गरे। पहिला जंगलको माओवादी र अहिलेको माओवादी चरित्र हेर्नुस् त, पहिला गाउका सोजाहरुलाई फकाइ आमाबुवा भन्थ्ये भने अहिले आएर बुढाबुढी खोजेको भन्छन भनेर अब बन्ने सबिधानमा अनेकौ शका व्यक्त गरे।

 


नारायण अबको १ बर्षमा नेपाल फर्कने भएका छन भने १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएको घाना नेपालभन्दा बिकासमा धेरै अगाडि रहेको उल्लेख गरे। अर्घाखाँचीडट्कम पहिले देखि नै नियमित हेर्थे भनेर सो संचार सस्थालाई विषेश धन्यवाद दिएका उनसँग पनि अर्घाखाँचीडट्कम निरन्तर अगाडि बढी रहेको गफगाफलाई रोक्दै बिदा भयो।

 


यस्तै – नमस्कार , म त हजुर साउदीबाट हो , किन रिसाएको भनेर लामो प्रतिक्षा गरेर अर्घाखाँचीडट्कमसँग गफगाफ गर्न पाएका सन्जय पाण्डे निश्चलले आफु साउदी अरबको रियादबाट भएको बताए। म त उमकान्त पाण्डेको ( अर्घाखाँचीडट्कमका मध्यपुर्व प्रमुख) को साथी हुँ भनेर आफ्नो नजिकको परिचय दिन खोजेका निश्चल अर्घाखाँचीडट्कम सँग अन्लाईनमा कुरा गर्न नपाए फोन गरेर भएपनि कुरा गरिछाडने भनेर मोबाईल नम्बर मागेका थिए ।

 


सन्जय पाण्डे निश्चल, रियाद साउदी अरब। तस्बिर: फेसबूक

 


आफुलाई उपनाम निश्चलबाट बोलाँउदा मनपराउने उनको घर अर्घाखाँची जिल्लाको केरुङा – ६ अमराई, जुवान्डाँडा हो। साउदी आएको ४३ महिना भयो भनेर बताउने उनले त्यहाँको एक कम्पनीमा क्यास काउन्टरमा काम गर्ने बताए। २१ देखि २४ हजार नेपाली रुपैया बराबर सम्मको आम्दानी हुने पनि बताए।

 


२५ बर्ष उमेर भयो, विवाह अझै भएको छैन भनेर बताउने निश्चल आगामी २०१३-०४-०४ मा नेपाल फर्कन टिकट लिएर बसेका छन भने राम्री केटी खोजेर विवाह गर्ने योजना रहेको पनि बताए। १०+२ पढेका उनले पैसाको कारणले अगाडि पढ्न नसकेको र अब नेपाल मै केही काम गर्ने समेत बताए।

 


संचारक्षेत्र रेडियोमा काम गर्न रुची–आफ्नो इच्छा छ भनेर राजनीतिक कुरा जोडेका उनले नेपालका नेताहरु पैसा कमाउन लागिपरेको, सबिधान त नेपाली कांग्रेसको सरकार भए मात्र बन्छ भनेर उल्लेख गरे।

 


नेपालमा त लाईफमा पनि सबिधान बन्दिन, गिरिजा बाबुको अपुग भएको महसुसु भएको छ भनेर तलमाथि राजनीतिक गफ हाकिरहेका उनको फेसबूकबाट तस्बिर अनुमती लिन लागिरहेको बेला चलाखीपुर्ण रुपमा आफ्ना राम्रा- राम्रा तस्बिर परिवर्तन गर्न व्यस्त उनी सँग विदा हुँदैगर्दा फेरी यो-त्यो तस्बिर राखिदिनुस् भनेर आग्रह गर्दै, —  – – – धन्यवाद दिदै अर्घाखाँचीडट्कमको गफगाफलाई बिट मरे।

 

यसैक्रममा जनवरी १४ देखि अर्घाखाँचीडट्कमसँग गफगाफ गर्न प्रतिक्षा गरिरहेका लक्ष्मण पौडेल भारतको गुड़गाँवबाट मोबाईल प्रयोग गरी करिव १०,१२ मिनेट कुरा गरे।

 


आफ्नो घर अर्घाखाँची जिल्लाको नुवाकोट – ३ पिपलनेटा, उमेर २१ बर्ष भयो भनेर आफ्नो परिचय गराएका लक्ष्मणको ८ महिना अगाडि विवाह भएको बताए। श्रीमती घरै छ, म पनि ३ महिनामा जादै छु भनेर बताउने उनले रेनटेक डिजायन कम्पनीमा कपडा डिजायनको काम गर्ने जानकारी गराए।

 


लक्ष्मण पौडेल, गुड़गाँव भारत । तस्बिर: फेसबूक

 


वाइफ सँग त डेली कुरा हुन्छ, श्रीमतीको यादले नै अब घर जान लागेको, घरमा मम्मी, बाबा हुनुहुन्छ, घरमा कोही नभएर विबाह गरेको, मम्मी विरामी हुनुहुन्छ, अप्रिल १० मा अन्लाईन टिकेट ल्एको छु भनेर अनेकौ पारिवारिक कुराहरु गरेका उनलाई नेपालको राजनीतिकको बारेमा केही पनि थाहा नभएको उल्लेख गरे । नेपालका कानुन कस्ले जानुन ,, अब सबिधान बन्ला-नबन्ला आफुलाई केही थाहा छैन भनेर राजनीतिक कुराहरुबाट बिट मारेका उनले वियर बाहेक अन्य रक्सी, चुरोट नपिउने पनि बताए।

 


सबै बिन्दास – – खाओ, पियो, आयस करो भनेर जीवनलाई सामान्य रुपमा परिभाषा गर्ने उनीसँग पनि अर्घाखाँचीडट्कम आगन्तुकको चापले गर्दा सहयोगको लागि एक विज्ञापन लिन्कमा क्लिक गर्न अनुरोध गर्दै विदा भयो।

 

यस अघिका गफगाफहरुमा:

 
















 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.