इटली सरकारले गत साता भएको पानीजहाज दुर्घटनामा चालकको लापरवाही रहेको ठहर गरेको छ । यात्रु मारिनुमा चालक नै दोषी रहेको सरकारी भनाइ छ ।
सरकारले हालै सार्वजनिक गरेको अडियो टेपमा जहाज चट्टानमा ठोक्किएको आधा घण्टासम्म पनि चालकले सदस्य दललाई आपतकालीन स्थिति नभएको जनाउ दिएको देखिएको छ ।
पानीजहाजमा कम्पन भएपछि यात्रुहरु आत्तिँदा चालक दलका सदस्यले चालकलाई सोध्दा कुनै आपतकालीन स्थिति नभएको उनको भनाई टेपमा रेकर्ड भएको छ ।
गत शुक्रबार दुर्घटना भएको इटलीको कोस्टा काँन्कोर्डिया पानीजहाज चट्टानमा ठोक्किई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो भने अझैपनि २० जनाको अवस्था अज्ञात छ । उक्त पानीजहाजमा करीब चार हजार पर्यटक थिए ।