जिल्ला मै पेसन्न पाईने भएपछि अर्घाखाँचीका भुपु सैनीकमा खुसीयाली

– गणेश खनाल


अर्घाखाँची । भारतिय भुतपुर्व सैनिकहरुले आफनो पेन्सन बुझनको लागी बाहिरी जिल्ला जानु पर्ने समस्या समाधान भए पछि अर्घाखाँचीका भुपु सैनिकतथा आफन्तहरुमा खुसीयाली छाएको छ ।

 

नेपाल एसबीआई बैक लिमिटेडले आफनो शाखा अर्घाखाँचीमा स्थापना गरि भुपु सैनिकहरु पेसन्न अर्घाखाँचीमै उपलव्ध गराउने भएपछि उनिहरुमा खुसीयाली छाएकेा हो ।


बैकको शाखा अर्घाखाँचीमा आउनु पुर्व यहाका पेसन्सरहरु बाहिरजिल्ला गुल्मीपाल्पाबुटवलदाङ्ग लगाएताका जिल्लामा जानु पर्ने बाध्यता रहेको थियो । नेपाल एसबीआई बैङ्ग शाखा कार्यालय अर्घाखाँचीमा खाता खोलेपछि  महिना, महिनाको तलव भुपु सैनिक र आफन्तकोखाता सिधै पैसा जम्मा हुने अर्घाखाँचीका शाखा प्रबन्धक बम बहादुर बानियले जानाकारी दिनुभयो ।


बैङ्गको स्थापना संगै आफुहरुले ठुलो राहत पाएको भुपुसैनिकहरुको भनाई रहेको छ । ३४ बाहिर देश र नेपालमा ५० शाखा रहेको बैङ्गले कर्मसियरबैङ्गको सम्पुर्ण सेवा प्रदान गरिने बानियको भनाई छ । देशको जुन सुकै ठाउबाटपठाएको रेमिटान्स सिधै अर्घाखाँचीको शाखाबाट उपलव्ध गराईने बैङ्गले जनाएको छ ।


जिल्लाका सम्र्पुण ग्राहकहरुलाई आवश्यक कागजाज पुरा गरि आए सम्पुर्ण क्षेत्रमा लगानी गरिने बताउदै बानियाले विदेशीपेसन्सरलाई विना धितो ऋण उपलव्ध गराउने जानाकारी दिनुभयो । बैकका ६ वटा एक्सीसन काउन्टर २ वटा क्षेत्रिय कार्यालय र एउटा कर्पोरेट कायालय रहेको बताईएको छ ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.