छात्रवासमा बस्न पाएपछि सिद्धाराका विद्यार्थीमा खुसीयाली

– गणेश खनाल


अर्घाखाँची  ।  सिद्धाराको जनजागृती उच्च मावि कक्षा ७ मा अध्ययनरत विद्याथी अमृत पल्ली विद्यालयमा छात्रवास बनेपछि अध्ययनको लागी पैदल चार घण्टाको बाटो हिड्नु पर्ने बाध्यताबाट मुक्ति पाएपछि निकैखुसी भएका छन् ।


घरबाट विद्यालय आउन जान गरी दैनिक ६,७ घण्टा पैदल हिडनुपर्ने भएन उहाँले भनुनभयोअब यही छात्रवासमा बसेर पढनपाईने भयो । उहा सहित अधिकाश विद्यार्थी छात्रवासको व्यवस्था भएपछि हर्षित भएका छन् ।

 

भौगोलिकहिसाबले जिल्लाकै सबैभन्दा ठुलो र विकट गाविसका विभिन्न गाउबाट मावि र उच्च शिक्षाकोलागि विद्यालय आउन जान दैनिक छ साता घण्टा समय लाग्ने गर्छ । धेरै भुभागमा जंगल रछरिएर रहेको पातलो वस्ती भएकाले डाडा काटेर आउदा विद्यार्थीलाई पढाईमा समस्या पर्दै आएको थियो ।


विद्यार्थीलाई पढनको लागि सजिलोहोस भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलले आफना बुवा मणिरामको वार्षिक पुन्यतिथिको अवसरमा करिब ३० जना विद्यार्थीलाई बस्न मिल्ने ४ कोठे छात्रवासा भवन विद्यालयलाई हस्तान्तरण गरेपछि विद्यार्थीमा खुसीयाली छाएको हो ।  

अध्यक्ष पौडेलको पहलमा ८ जनादाजुभाई र ५ जना दिदिवहिनीले चन्दा उठाएर २ लाख ३७ हजारको लागतमा ४ कोठेस्वर्गीय मणिराम पौडेल स्मृती छात्रवास निर्माण गरेका हुन । आफना स्वगीय पतिकोनाममा निमार्ण सम्पन्न छात्रवास एक कार्यक्रमका बीच चुमकाल पौडेलले विद्यालयका प्राचार्य रोमाखर बजाडेलाई हस्तान्तरण गर्दै यही छात्रवासमा बसेर पढने विद्यार्थीले देशको लागिराम्रो काम गर्नको लागि प्रेरणा मिलोस भनि शुभकामना दिनुभयो ।


विद्यालय जंगलको बीचमा भएको र वरिपरीभाडा लिएर बस्ने घरहरु नभएकाले छात्रवासले विद्यार्थीलाई ठुलो राहत मिलेको प्राचार्य बजाडेले बताउनुभयो ।  विद्यालयमा पौडेल परिवारको ठुलो योगदान रहेकोले उहाँले बताउनुभयो ।

 

विकटको विद्यालय भएकालेसरकारी क्षेत्रबाट उपेक्षित छ । विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । टाढाबाट आउने विद्यार्थीलाई छात्रवासमा बसाल्नको लागि पहिलो प्राथमिकता दिईने बजाडेको भनाई । विद्यालयलाई अझै यस्तै ५,६ कोठे छात्रवासको आवश्यक्ता रहेको छ ।


अधिकाश विद्यार्थीहरु झाडी जंगल छिचोलेर घण्टौ पैदल हिडदा जंगली जनावरको आक्रमणमा परिने डरले दैनिक विद्यालय अनुपस्थित रहदै आएको विद्यालयले जनाएको छ ।

 

सिद्दाराको खयरभटी सामेसाम कोटकाडे खोला सिलोखोला पाकुरीदुक्की वासशंकरनगर लगाएतका स्थानबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।


विद्यालयमा छात्रवास नहुदाँ विद्यार्थी पढ्नबाट विाचत भन्ने समाचार गोरखापत्रमा गत वर्ष वैशाखमा छापीएपछि आफना मन केही नकेही विकल्प दिनु पर्छ भन्ने लागी रहेको थियो पौडेलले भन्नुभयो । गोरखापत्रको समाचारले पनि आफुलाई प्ररेण दिएको उहाँको भनाई छ ।

 

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.