काग्रेसको अर्घा बिहारमा अगुवा कार्यकर्ता भेला, माओबादीका कारण शान्ती प्रकृया ओझेलमा परेको पुर्ब मन्त्री रेवतीप्रसाद भुसालको भनाइ

– प्रेमनारायण आचार्य


अर्घाखाँची ७ माघ । नेपाली काग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले माओबादीका कारण शान्ती प्रकृया र संबिधान निर्माण कार्य ओझेलमा परेको बताउनु भएको छ । उहाले माओबादीको आन्तरिक द्धन्द्धले देसले निकास पाउन नसकेको बताउदै देसलाई निकास दिन सबै राजनितिक दलहरु एक ढिक्का हुनु पर्ने बताउनु भयो ।  


नेपालि काग्रेस अर्घा गाँउ कार्य समितिले अर्घाखाँचीको अर्घा बिहारमा  आयोजना गरेको पाटीका अगुवा कार्यकर्ता भेला तथा अन्तरकि्रया कार्यक्रमलाइृ सम्बोधन गर्दै नेता भुसालले   सहमति र सहकार्यको बिकल्प नभएको बताउदै  शान्ती प्रकृया निस्कर्षमा पुराउने पक्षमा काग्रेस रहेको  बताउनु भएको छ ।


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समितिका सभापति कमल प्रसाद भुसालले बिकासको लागि सबै संग हातेमालो गर्नु पर्ने बताउदै संगठन सुदृढीकरणमा काग्रेस लागि परेको बताउनु भयो । उहाले आगामी परिसद  बिकास र योजनाका बारेमा  काग्रेसका कार्यक्रताहरुलाई प्रस्ट पार्नु भएको थियो । 


कार्यक्रममा काग्रेसका जिल्ला कार्य समितिका सदस्य लोकेन्द्र बिक गोपालप्रसाद भुसाल पुर्ब क्षेत्रिय सभापति केसब कुवर क्षेत्रिय प्रतिनिधि माधब भुसाल भेसबहादुर बिसी शोभाकर कुवर नारायण चुँदाली ज्येष्ठ नागरिक टोपनारायण भुसाल राजकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


काग्रेसका कृयासिल सदस्य  सभेच्छुक तथा अगुवा कार्यक्रताहरुको उपस्थिति रहेको  कार्यक्रम नेपाली काग्रेसका अर्घाका सभापति झबिन्द्र खड्काको सभापतित्व   र पदम बहादुर खत्रीको  संचालनमा सम्पन्न भएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.