भारतको झारखंडमा माओबादीले थापेको बारुदी सुरुङ बिस्फोटमा परी १३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
झारखंडबाट झण्डै दुई सय किलोमीटर उत्तर पश्चिममा पर्ने गढवा जिल्लामा बारुदी सुरुङ बिस्फोट भएलगत्तै माओबादी र सुरक्षाकर्मीबीच भएको भीडन्तमा १३ जना सुरक्षाकर्मी मारिएका हुन् ।
माओबादीको पकड भएको क्षेत्रमा भएको यस बिस्फोटमा माओबादीतर्फ के कति हताहत भए भन्नेबारे केही खुलाईएको छैन । घटनालगत्तै सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनामा कयौं घाइते भएका छन् ।