– प्रेमनारायण आचार्य
अर्घाखाँची ८ माघ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरेाधमा बिद्यार्थीहरुले जिल्लाका बिभिन्न क्याम्पस तथा उच्च माबिमा प्रदर्शन तथा कोण सभा आज सम्पन्न गरेका छन् ।
बिद्यार्थीहरुले सन्धिखर्कको पाणिनि बहुमुखी कयाम्पस अर्घाखाँची शिक्षा कयाम्पस जनज्योती उच्च माबि र भगबती उच्च माबिमा बिद्यार्थीहरुले बिरोध सभा सम्पन्न गरेका हुन् ।
पाणिनि बहुमुखी कयाम्पसमा भएको बिरोध सभामा स्वबियु सभापति राम चन्द्र ढुंगाना अखिलका जिल्ला अध्यक्ष भरत न्यौपाने नेबिसंघकी जिल्ला सदस्य सृजना भुसाल अखिल क्रान्तीकारीका प्रदिप परियार लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम अखिल छैठौका नारायण थापाको संचालनमा समपन्न भएको हो ।