मेरी काली उनीलाई


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

नसम्झेको हैन मैले मेरी काली उनीलाई

नलाएको हैन माया  हाम्रो जुनी भरिलाई !


नगाएको हैन गित उनको याद आइदिदा


नगरेको  हैन प्रित उनि टाढा  भइदिदा !!


 


तिनी काली पाएपुग्छ  चाहिदैन मलाई सेती


चट्टान नै भएपनि लगाउने छु त्यहाँ खेती !


रमाउने छ मेरो प्रित त्यहिँ  चट्टानको बीच


 उनको माया पलाउने छ घाम पानी सित !!


 


 उनको दर्सन पाउन  भनि मैले धेरै कुरेको 


फुलको माला उनलाई दिन धेरैभो  उनेको  !



उनि आउने बाटो हेर्दै कल्पनानै   उनैको


हुन्छ मात्रै भनि दिए दिन्थे  हार सुनैको !!


 



सम्झना त कति कति मेरी काली उनिको


देखौ  भेटौ भई रहने कस्तो रोग लागेको !


सोचाई हेराई जता ततै उनकै छाया देखेको


उनलाई भुल्न नसकेरै यो कविता लेखेको !!