अमेरिकामा रिपब्लिकन पार्टीको मनोनयनका लागि कैरोलिना राज्यमा भएको मतदानमा न्युट गिंग्रिचले अत्यधिक मत ल्याउन सफल

अमेरिकामा राष्ट्रपतिय निर्वाचनको अभ्यास


अमेरिकामा राष्ट्रपतिका लागि हुने आगामी चुनावमा रिपब्लिकन पार्टीको मनोनयनका लागि कैरोलिना राज्यमा भएको मतदानमा न्युट गिंग्रिचले अत्यधिक मत ल्याउन सफल भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार गिंग्रिचले अर्का उम्मेदवार रोमनीलाई पछि पार्दै ४० प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी रोमनीले २६ प्रतिशत मत मात्रै प्राप्त गरेका छन् ।


अमेरिकी इतिहासमा सन् १९८० पछि रिपब्लिकन पार्टीका तर्फबाट साउथ कैरोलिनामा जीत हासिल गर्नेलाइनै अमेरिकी राष्ट्रपतिको उम्मेदवारी मिल्ने गरेको छ । मतगणनाको अन्तिम चरणमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै गिंग्रिचले आफू अमेरिकाको राष्ट्रपति भएमा अमेरिकाको दु््रततर बिकास हुने ठोकुवा गरे ।