अरब लीगद्धारा सिरियामा ब्यापक राजनीतिक सुधारका लागि दबाब

अरब लीगले सिरियामा ब्यापक राजनीतिक सुधारका लागि दबाब दिने भएको छ । सिरियामा जारी राजनीतिक संकट र रक्तपात अन्त्यका लागि राष्ट्रिय एकताको सरकार गठन गर्नु आबश्यक भएकोमा लीगका नेताहरुले जोड दिएका छन् ।

 

 ईजिप्टको कायरोमा भएको बैठकबाट लीगले दुइृ महिनाभित्र सिरियामा विपक्षीसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने प्रस्ताव पारित गरेको हो । लीगले सिरियाली राष्ट्रपति बसर अल असदले आफ्ना उपराष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नुपर्ने र दुबै पक्षले हिंसा त्याग्नुपर्नेमा जोड दिएको छ ।

 

तर सिरियाली सरकारले भने लीगको प्रस्तावलाई अश्वीकार गरेको छ । सिरियाली सरकारी टेलिभिजिनले जनाए अनुसार लीगको निर्णय आफ्नो देशको सार्वभौमसत्तामाथिको अतिक्रमण भएकाले अश्वीकार गर्ने जनाएको छ ।