– वीरेन्द्र केसी
– छोरा साचै छौ
छु ।
– खाना खायौ
खाए ।
– के खायौ
भात ।
– पेटभरी खाउ है ।
हुन्छ आमा ।
– दुब्लाएको त छौनौं
छैन आमा चिन्ता नगर्नुहोस ।
कशैंडिमा बेलकाको भात पकाउँदै नरपानीकी ४५ वर्षीय शान्ती केसीले अष्टेलियामा रहेका छोरासँग यसरी कुरा गरिन । ल्यापटवको भिडियो च्याटबाट आफुले खाना पकाउदै गरेको सबै दृश्य छोरालाई देखाउँदै च्याट गर्दाको मज्जा वेग्लै हुन्छ उनले भनिन भिडियो च्याटबाट विदेशमा रहेको छोरासँग यसरी कुरा गर्न पाउँदा घरमै भएको अनुभुति हुन्छ । रोजगारको लागि ३ वर्षदेखि विदेशमा रहेको छोरासँग उनले ४ महिना देखि भिडियो च्याटबाट कुरा गरिरहेकी छिन । जवाना फेरिए उनले भनिन मेरो श्रीमानले भारतमा नोकरी गर्नुहन्थ्यो घरबाट हिडेको छ महिना वर्ष दिनमा कोही लाहुरे आयो भने चिठी ल्याएपछि मन ढुक्क हुन्थ्यो बोली त परै जाओस । अहिले त भात पकाउँदै छोराको अनुहार हेर्दै कुरा गर्ने मात्रै होईन ऊ बसेको ठाउँ कोठा विस्तारा खाना सबै देख्न पाईएको छ मैले पनि बेला-बेलामा गाउँघरको दृश्य देखाउँछु उनले भनिन अब पटुकी भित्र रहने मोवाईल फोन पनि पुरानो भैसक्यो । शहरमा मात्रै नभएर विकट गाउँका वस्तीहरुमा समेत संचारले शान्तिको जस्तै धेरै महिलाहरुको जीवनशैली फेरिएको छ । आफनो पेशा व्यावसाय देखि घरको गृहणीसम्मलाई पछिल्लो पटक साचारले व्यस्तता बनाई दिएको छ । छिटोछरितो काम सकेपछि उनीहरु टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्ने ताजा समाचार हेर्न अनलाईन खोल्ने र आफन्तहरुसँग भिडियो च्याट्मा गफ गर्न ल्यापटप कम्प्युटर खोल्न थाल्छन ।
विदेशमा रहेको छोरासँग आफै भिडियो च्याटमा कुरा गर्दै आमा ।
खाँचीकोटकी वसन्ता आचार्यले दुवईमा रहेका आफना श्रीमानसँग मोवाईलमा भन्दा भिडियो च्याटमा बढी कुरा गर्छिन । घर छाडेर पैसा कमाउन खाडी मुलुक गएको श्रीमानको न्यास्रो मेटाउन घाँस काटन छाडेर भिडियो च्याटमा कुरा गर्ने गर्छु उनले भनिन हेर्नुस त मैले यसरी खर् यानमा भैसीलाई खुवाउनको लागि घाँस काटेकी छु भनेर देखाउँदा उहाँ निकै खुसी हुनुहुन्छ । स्काई मोवाईल फोनबाट ल्यापटवमा ईन्टरनेट जोडेपछि जे काम गर्दा जहाँबाट पनि कुरा गर्न सकिन्छउनले भनिन भौतिक शरिर सँगै नभएपनि मन माया र अनुहारसँगै छ जस्तो लाग्छ । सबै परिवारले एकैठाउँ बसेर उहाँसँग कुरा गर्ने उनले बताईन । यस्तो सुविधा भएपछि पढेलेखेका युवायुवती मात्रै नभएर गृहणीहरुले समेत ल्यापटव कम्प्युटर चलाउन थालेका छन ।
ठाडाकी विमला भुसालले गाउँमा विजुली गएपछि सदरमुकामको साईबरमा धाउन छाडेकी छन । रोजगारको लागि दुवै पुगेका आफना भाईसँग घरमै बसेर ईन्टरनेटमा अनुसार हेर्दै कुरा गर्न थालेको बताईन । ६२ वर्षीय हजुरआमा खगिश्वराले पनि विमलालॆ जस्तै नातीको सहायतामा कतारमा रहेका छोरासँग अनुसार हेर्दै साचो विसाचोको कुराकानी दैनिक गर्छिन । रोजगारका लागि विदेशिएका र घर छाडेर अन्य पेशा व्यावसाय र जागिर गर्नेहरुले आफन्तलाई उपहास स्वरुप राम्रो कपडा घडी रेडियो ल्याईदिनेहरुले अहिले ल्यापटव कम्प्युटर टिभि र राम्रो मोवाईल सेट ल्याईदिने चलन बढदै गएको खाँचीकोटका शिक्षक राम बहादुर केसीले बताए । विदेशमा मात्रै नभएर गाउँघरमा रहेका आफन्तहरुसँग कुरा गर्दा भिडियो च्याटबाट नै गर्ने भलन बढदै गएको उनको भनाई । मेलापात जाँदा होस या अन्य काम गर्दा बेलुका सुत्दा र विहान उठदा समेत घरमा कम्प्युटर ईन्टरनेट नहुनेहरुले मोवाईल फोनमा कुराकानी र म्यारेज पठाउने चलन गाउँमा सामान्य भैसकेको छ । द्धन्दको बेला माओवादीले जिल्लामा साचालित सबै टेलिफोनका रिपिटर टावरहरु आक्रमण गरि ध्वस्त पारेपछि केहि वर्ष जिल्ला साचार सम्पर्क विहीन भएको थियो । पाँच वर्षको अवधिमा साचारले अर्घाखाँची कायापटल भएको छ । सबै गाविसका गाउँ-गाउँमा साचारको सुविधा पुगेको छ । केही मोवाईलको सुविधा नपुगेका केही गाउँहरुमा थप टावर थपि सुविधा पुयाईने टेलिकम प्रमुख गोविन्द पराजुलीले बताए ।
मोवाईल फोनले जिल्लाका ४२ वटै गाविसमा छोएपनि जयमातादी केबुल नेटवर्क लगायत आधा दर्जन केबुल नेटवर्कबाट १६ गाविसका मात्रै गाउँलेले टेलिभिजन हेर्न पाएका छन । झण्डै ३२ गाविसका गाउँमा विजुली पुगेको छ । विजुली केबुल ईन्टरनेट पुगेका गाउँहरुको जीवनशैली आधुनिकतातर्फ ढल्किएको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.