विश्वमा बढ्दो बेरोजगारी चिन्ताजनक:आईएलओ

काठमाडौं, १० माघ अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वमा अझै पनि बेरोजगारीको संकट रहेका बताएको छ । संगठनकाअनुसार विश्वमा अझै पनि तीनमध्ये एक मानिस बेरोजगार छन् ।

आईएलओको एक रिपोर्टअनुसार विश्वमा प्रत्येक तीनमध्ये एक व्यक्ति कि गरिब वा राजगारीको खोजीमा छन् । जुन संकट तर्फजाने ठूलो संकेत हो भनेको छ ।
 

रिपोर्टअनुसार विश्वमा सामाजिक विकास राख्नका लागि आगामी १० वर्षमा विश्वभर ६० करोडका लागि रोजगारी सिर्जना गर्नुपर्छ । संगठनका अनुसार यो वर्षरोजगारीका लागि राम्रो वर्षरहने छैन् । केही देशमा आर्थिक विकास र शुन्य वा निकै कम रहेकाले रोजगारी सिर्जनाको अवसर निकै कम रहनेछ ।

सन् २००९ मा भएको आर्थिक मन्दीका कारण समस्यामा परेका देशहरु अहिले विस्तारै समस्या समाधान गर्दै छन् । यस्तो अवस्थामा रोजगारीको सम्भावना निकै कम रहनेछ । यसबीच करिब १० करोड मानिस बेरोजगार भएका छन् ।

हरेक वर्षबेरोजगारीको संख्यामा ४ करोड मानिसहरु थपिने गरेको संगठनले बताएको छ । त्यसैले आगामी १० वर्षमा ६० करोड मानिसका लागि रोजगारीको आवश्यकता छ संगठनले भनेको छ । बेरोजगारीका कारण सबैभन्दा बढी १५ देखि २४ उमेर समूहका व्यक्ति प्रभावित बनेको संगठनले बताएको छ । यो संख्यामा बृद्धि भइरहेको छ । अहिले विश्वभर ९० करोड मानिसहरु गरिब छन् । जसलाई सबैभन्दा बढी रोजगारको आवश्यकता छ । जो प्रत्येक दिन दर्ुइ डलरभन्दा कम कमाउँछ उनीहरुलाई गरिबीको रेखा मुनी राखिन्छ ।

संगठनले हरेक देशका सरकारलाई रोजगारी सिर्जना प्रमुख प्राथमितामा राखेर काम गर्न भनेको छ । यदी त्यसो नगरिए सामाजिक बिद्रोह हुन सक्ने चेतावनी दिएको छ । नक स् आईएलओ