पर्यटक भीसामा श्रीलंका प्रवेश गरेका १ सय ६१ जना धर्म प्रचारकहरुलाई तत्काल देश छोड्न श्रीलंका सरकारले आदेश दिएको छ । श्रीलंकामा बसेर भीसाको म्याद उल्लंघन गरी उनीहरुले मुश्लिम धर्मको मर्म विपरित प्रचार प्रसार गरेको आरोपमा उनीहरुलाई देश छोड्न आदेश दिइएको हो । उनीहरुले श्रीलंकाका बिभिन्न मस्जिदमा मुश्लिम धर्माबलम्बीहरुलाई भेला गराई धार्मिक प्रवचन दिने गरेको खुलेपछि सरकारले उनीहरुलाई यही जनवरी ३१ सम्ममा देश छोड्न आदेश दिएको हो । ती १ सय ६१ जना पर्यटक बंगलादेश, भारत, पाकिस्तान, मालदिभ्सका धर्म प्रचारकहरु रहेको बताइएको छ ।