फ्रान्सद्धारा प्रथम विश्वयुद्धताका अर्मेनियामाथि टर्कीले गरेको दमनलाई नरसंहार भन्नुपर्ने बाध्यात्मक विधेयक पारित

फ्रान्सको माथिल्लो सदन सिनेटले प्रथम विश्वयुद्धताका अर्मेनियामाथि टर्कीले गरेको दमनलाई नरसंहार भन्नुपर्ने बाध्यात्मक विधेयक पारित गरेको छ । गत डिसेम्बरमा तल्लो सदनले पास गरेको यो विधेयकमा फ्रेन्च राष्ट्रपति निकोलस सार्कोजीले हस्ताक्षर गरेपछि कानुनको रुप लिनेछ । प्रस्तावित नयाँ काननले अर्मेनीयामाथि टर्कीको दमनलाई नरसंहारको रुपमा ब्याख्या गर्दै यसलाई नरसंहार होईन भनेर सार्वजनीक स्थानमा अभिव्यक्ती दिन नपाईने व्यवस्था गरेको छ ।



विधेयमकाथि भोटिङ हुँदा यसको पक्षमा १२७ र विपक्षमा ८६ मत परेको थियो । सन् १९१५ देखी १६ सम्म अर्मेनीयामाथि भएको टर्कीस दमनमा १५ लाखभन्दा धेरै मानिस मारीएको फ्रान्सको दावी छ । तर टर्कीले भने तत्कालिन ओटोमान शाशकले गरेको दमनमा फ्रान्सले भनेभन्दा निकै थोरै मानिस मारिएको बताएको छ ।



फ्रेन्च सिनेटबाट पारित नयाँ विधेयकलाई टर्किले भने फ्रान्सको गैरजिम्मेवार निर्णयको संज्ञा दिएको छ । साथै यो विधेयकलाई २१ औं शताब्दीमा अभिव्यक्ती स्वतन्त्रतामाथि अंकुश लगाएको टर्कीको तर्क छ । विधेयकलाई लिएर फ्रान्स र उसको नेटो सहयात्री टर्कीविचको सम्बन्ध चिसीएको छ । फ्रान्समा झण्डै ५ लाख अर्मेनियन मुलका मानिस बसेवास गर्दछन् । आसन्न राष्ट्रपतिय चुनावमा ती ५ लाख मतदातालाई प्रभाव पार्न यो विधेयक अघि सारिएको आरोप टर्कीको छ ।