पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा बिधार्थी संघ सगठन दारा आज अर्घाखाँची जिल्ला बन्दको अाहावान बन्दको प्रभाव छिमेकी जिल्लामा पनि ..
अर्घाखाँची, माघ ११ .
१३ बिधार्थी संघ सगठनले राखेको अर्घाखाँची जिल्ला बन्दले जिल्लाका सम्पूर्ण शैक्षिक सस्था ,यातायात लामो दुरी र छोटो दुरिमा चल्ने ,उधोग ,ब्यापार कलकारखाना ,बिहानै देखी बन्द भएका छन सरकारले पछील्लो पटक गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिय सम्म कडा आन्दोलन गर्ने घोषणाका साथ अाज अर्घाखाँची जिल्ला बन्दको आवहाँन गरेका छन बन्द को प्रभाब जिल्ला लगायत छिमेकी जिल्लाहरुमा पनि परेको छ /यसै गरी काठमाडौंमा दश जना यूवाले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ता नलिए अगामी माघ १४ गते नेपाल आयल निगम अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
उत्पीडित युवा नेपालमा आवद्ध विभिन्न कलेजमा अध्ययनरत यूवाहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि, लोडसेडिङ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मजदुरी गरेर जीवन चलाउने सर्वसाधारणदेखि विद्यार्थीहरुको जीवन कष्टकर बन्दै गएको भन्दै माघ १४ गते आयल निगम अगाडी संयुक्त रुपमा आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता हुनुपर्ने, दण्डहीनताको अन्त्य गरी विधिको शासन व्यवस्था गरिनुपर्ने जस्ता ५ सूत्रीय माग पूरा गर्न सरकारलाई तीनदिने अल्टिमेटम दिएका छन् । उनीहरुले माघ ११ गते १० बजे आयल निगम अगाडि र १२ गते सिंहदरबार अगाडि राष्ट्रिय झण्डासहित धर्ना गर्ने, १३ गते अन्तर्राष्ट्रिय सम्मेलन भवन अगाडि एक दिने अनसन गर्ने जस्ता विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
अर्घाखाँची डट कम