बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित

– वीरेन्द्र केसी


अर्घाखाँची – पेटोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा पाँच विद्यार्थी संगठनहरुले गरेको अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । विहानै देखि जिल्लाबाट छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन ।


कलकारखाना उद्योग व्यापार शिक्षण सस्थाहरु बन्द भएकाले जिल्ला ठप्प छ । आन्दोलनकारीहरु सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विहानै देखि सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन । बन्दले सदरमुकाम सन्धिखर्क सुनसान बनेको छ । सडकमा पत्रकार एम्बुलेस बाहेक अरु सवारी साधन चलेका छैनन ।


केन्द्रको निर्देशन अनुसार अखिल क्रान्तिकारी नेविसंघ अनेरास्ववियु अखिल छौठौ लगायतका विद्यार्थी संगठनले संयुक्त रुपमा बन्द गरिएको अनेरास्ववियुका जिल्ला सचिव प्रदिप नेपालीले बताए । बन्द शान्तिपुर्ण रहको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.