एक दशकको युद्ध अभियानपछी अमेरिकाले आफनो रक्षा बजेटमा भारी कटौती गर्ने निर्णय गरेको छ । अफगानिस्तान र इराकमा गरिएको सैन्य अभियानमा अमेरिकाले आगामी दश बर्षमा ४ सय ८७ अर्व अमेरिकी डलर कटौतीको घोषणा गरेको हो ।
साथै आगामी पाँच बर्षमा जल तथा थल सेनामा ९२ हजारको संख्यामा कटौती गर्ने निर्णय पनि गरेको छ । अमेरिकी रक्षा मन्त्री लियोन पेनेटाले निर्णय कार्यान्वयन गर्न निकै कठीन भएको तर बजेट घाटा कम गर्नका लागि यो नै एक उपाय भएको जनाएका छन् ।
साथै पेनेटाले अमेरिकी संसद र काँग्रेससं यस निर्णयको बिरोध नगर्न अपील गरेका छन् । पेनेटाले अमेरिकी सेनाले अव युद्धग्रस्त क्षेत्र इराक र अफगानिस्तान नभई एशियाको राष्ट्रिय हितमा ध्यान केन्द्रित गर्ने जनाएका छन् । सरकारको यो निर्णयमा केही राजनैतिक नेताहरुले बिरोध गरेका छन् ।