पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको स्वदेश फर्कने योजना तत्कालका लागि स्थगित भएको छ । मुसर्रफका सहयोगी मोहम्मद सैफका अनुसार यो महिनाको अन्त्यमा मुसर्रफ स्वदेश फकर्ने कार्यक्रम स्थगित भए पनि उहां पाकिस्तान फर्कने भने निश्चित भएको बताए । उनले पाकिस्तानको सर्वोच्च अदालत र सरकारबीच बढ्दो तनाब कम हुने प्रतिक्षामा रहेको र मुर्सरफ फर्कने मौकालाई सरकारले आफ्नो अनुकुल प्रयोग गर्न सक्ने आशंका व्यक्त गरे ।
सन् १९९९ देखी सन् २००८ सम्म पाकिस्तानमा शासन गरेका पूर्व सेनाध्यक्ष मुसर्रफले करांचीको एक -यालीमा आफ्ना समर्थकहरुलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै यो महिनाको अन्त्य तिर पाकिस्तान फर्कने घोषणा गर्नु भएको थियो । मुर्सरफ हाल लण्डनमा स्वनिर्वासनमा बस्दै आउनु भएको छ । उहां विरुद्ध पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोलाई पर्याप्त सुरक्षा प्रदान गर्न नसकेको आरोप लगाइएको छ । भुट्टोको सन् २००७ अक्टोबर १८ मा रावलपिण्डीको एक चुनावी