अलकायदा नाइके बिन लादेनको हत्या गर्ने क्रममा अमेरिकी सुरक्षा निकायलाई सहयोग गर्ने पाकिस्तानी चिकित्सकको गिरफ्तारीप्रति अमेरिकाले चिन्ता जनाएको छ ।
अमेरिकी रक्षामन्त्री लिओन पनेटाले एक सञ्चारमाध्यममा बोल्दै डाक्टर सिकल अफ्रिदीलाई पक्राउ गरिनु पाकिस्तानको गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी गुप्तचर निकाय सीआइएले सञ्चालन गरेको अभियानमा संलग्न भएको भन्दै चिकित्सक अफ्रिदीलाई देशद्रोहको मुद्दा लगाउन एक न्यायिक इजलासले सल्लाह दिएको छ ।
गत वर्षको मे महिनामा लादेनको हत्या गर्न अमेरिकी सेना आफ्नो भूमिमा अनुमतिबिना छिरेको भन्दै पाकिस्तानले आपत्ति जनाउँदै आएको छ ।