सिरियामा जारी हिंसा अन्त्य गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तावित मस्यौदामाथि व्यापक छलफल

सिरियामा हिंसा अन्त्य गर्न प्रस्तावित मस्यौदामाथि छलफल


सिरियामा जारी हिंसा अन्त्य गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तावित मस्यौदामाथि व्यापक छलफल भएको छ । प्रस्तावको मस्यौदामा राष्ट्रपति बशार अल असादलाई राष्ट्रिय एकताको सरकारमा रहेर काम गर्न सक्ने दोस्रो तहका नेतालाई सत्ता हस्तारणका लागि आग्रह गर्ने अरब लीगको योजना अनुमोदन गरिएको छ ।

 

तर रुसले भने प्रस्तावका केही बुंदालाई लिएर समर्थन नगर्ने जनाएको छ । रुसले सिरियामाथि विदेशी हस्तक्षेप भएमा साम्प्रदायिक हिंसा र गृहयुद्ध भड्कने भन्दै चिन्ता जनाएको छ । यता अरब लीगका देशहरुले अपील गरेमा रुस र चीन सिरिया विरुद्धको प्रस्तावमा फेरि भिटो प्रयोग नगर्ने देखिएको विश्लेषण समेत गरिएको छ ।

सुरक्षा परिषद्मा यो मस्दौदामाथि आगामी साता मतदान हुनेछ । यसैबीच सिरियामा जारी हिंसामा पछिल्लो दुई दिनमा मात्र १ सय २० जना भन्दा बढी मारिइसकेका छन् । प्रदर्शनकारीहरुले राजनीतिक सुधार, लोकतान्त्रिक सरकार गठन र राष्ट्रपति असादको राजीनामा माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् । सरकारले सेना परिचालन गरि प्रदर्शनकारी विरुद्ध दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले व्यापक निन्दा गरिररहेका छन् । तर असाद भने अझै राजीनाको पक्षमा देखिएका छैनन् । सिरियामा मार्च यताको सरकार विरोधी प्रदर्शनमा ५ हजार भन्दा बढी मारिइसकेका छन् ।