पेरुको लिमास्थित लागु औषध पुनस्थापना केन्द्रमा आगलागी हुँदा २६ जनाको मृत्यु

पेरुमा लागु औषध पुनस्थापना केन्द्रमा आगलागी २६ को मृत्युपेरुको राजधानी लिमास्थित क्रिष्ट इस लोभ लागु औषध पुनस्थापना केन्द्रमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ । बिहानको समयमा भएको आगलागीमा १० भन्दा बढी घाइते भएका छन् ।

 

अस्पतालमा आगो फैलिएपछि केही विरामी झ्यालबाट हाम्फालेका थिए । अ

 

ग्नी नियन्त्रकहरुका अनुसार अस्पतालको मुलद्धार बन्द रहेकाले धेरै विरामी भित्रै फसेका थिए ।

 

 

पेरुका स्वास्थ्य मन्त्री अलवर्टो तेजाडाले पुनस्थापना केन्द्र विना लाइसेन्स सञ्चालन भएको र यसलाई दुई पटक सम्म बन्द गर्न आदेश दिइसकेको बताउनु थियो । प्रहरीले आगलागीको कारण र केन्द्रका सञ्चालकको खोजी भैरहेको जनाएको छ ।