फ्रान्समा आगामी अगष्टदेखि आर्थिक कारोबारमा 0.१ प्रतिशतले एकतर्फी कर लगाइने

फ्रान्समा आगामी अगष्टदेखि आर्थिक कारोबारमा श्ूुन्य दशमलव १ प्रतिशतले एकतर्फी कर लगाइने भएको छ । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले अगष्टदेखि आर्थिक कारोबारमा एकतर्फी कर लगाउने घोषणा गर्दै यसले राजश्व बृद्धीमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

यो कर प्रणाली अरु राष्ट्रले पनि अनुसरण गर्नेमा विश्वस्त रहेको सार्कोजीले बताउनुभएको छ । यद्यपी, बेलायतले भने फ्रान्सको नयाँ करप्रणालीको विरोध गरिसकेको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले यस्तो एकोहोरो करले सबै कम्पनी घाटामा जाने बताउँदै बिरोध गरेका हुन् ।