युरोपेली मुलुक बेल्जियममा सरकारी खर्च कटौती योजना विरुद्ध आह्वान गरिएको आम हड्तालमा हजारौं मानिस सहभागी

वेल्जियममा सरकारी खर्च कटौतीको विरोधमा वृहत् आमहड्ताल


युरोपेली मुलुक बेल्जियममा सरकारी खर्च कटौती योजना विरुद्ध आह्वान गरिएको आम हड्तालमा हजारौं मानिस सहभागी भएका छन् । दुई दशक यताकै सबैभन्दा ठूलो आमहड्तालको रुपमा लिइएको आमहड्तालमा विभिन्न कर्मचारी संगठनमा आवद्ध हजारौ कर्मचारी तथा ट्रेड युनियन सम्वद्ध कामदार पनि सहभागी भएका छन् । मितव्ययिता सम्बन्धि सरकारी योजनामा कर्मचारीको अवकाश पाउने उमेर पनि बढाइने प्रस्ताव गरिएको छ ।


हड्तालका कारण हवाई, रेल लगायतका यातायात पनि अवरुद्ध भएका छन् । वेल्जियमका मुख्य शहरहरुलाई प्रदर्शनकारीहरुले नाकाबन्दी गर्ने प्रयास गरेका छन् । जसका कारण राजधानी ब्रसेल्समा युरोपेली संघको शिखर वार्ताका लागि जम्मा भएका नेताहरुलाई सरकारले सैनिक विमानस्थलबाट आवत जावतको व्यवस्था मिलाएको छ ।