अफगानिस्तानमा रक्सी सेवन गर्नेलाई ८० कोर्रा हान्ने सजायँ

अफगानिस्तानमा रक्सी सेवन गर्नेलाई ८० कोर्रा हान्ने सजायँ सुनाइएको छ । पश्चिमी अफगानिस्तानस्थित हेरातको एक अदालतले रक्सी खाएकोमा तीन जनालाई दोषी प्रमाणित गर्दै उनीहरुलाई ८० कोर्रा मार्न अनुमति दिएको हो ।

 

यसअघि अघिल्लो वर्ष पनि नगरहार प्रान्तमा यस्तै दण्ड दिइएको खबर सार्वजनिक भएको थियो ।

 

अफगानिस्तानमा यस्ता सजायँ सामान्य मानिए पनि अदालतले नै भने विरलै दिने गर्दछन् । केही वर्ष यता त्यहाँ रक्सी सेवकमाथि सरकारको निगरानी निकै बढेको छ ।