बंगलादेशमा स्थानीय चुनाव ढिलाई भएको भन्दै निर्वाचनको मिती तय गर्न माग गर्दै ब्यापक प्रदर्शन

बंगलादेशमा सरकार बिरुद्ध प्रदर्शन


बंगलादेशमा स्थानीय चुनाव ढिलाई भएको भन्दै बिपक्षी पार्टीले छिटो भन्दा छिटो निर्वाचनको मिती तय गर्न माग गर्दै ब्यापक प्रदर्शन गरेका छन् । राजधानी ढाका लगाएत बिभीन्न शहरमा एकसाथ भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा ३ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । खालिदा बेगम जियाका नेतृत्वमा बंगलादेश नेशनलिष्ट पार्टीका सयौं कार्यकर्ता सहभागी प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको छ ।


सरकारले पदर्शन दबाउन खोजेको भन्दै सो पार्टीले सरकारको ब्यापक आलोचना गरेका छन् । प्रदर्शनको नेतृत्वकर्ता खालिदा बेगम जियाले प्रदर्शनकै क्रममा आफना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै निकम्मा सरकारको कुनै औतित्य नभएको भन्दै सरकारले तुरुन्त राजीनामा दिन माग गरेका छन् । बंगलादेश सरकारले आगमी सन् २०१४ सम्ममा स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो । प्रदर्शनका कारण बंगलादेशको शैक्षिक संस्था लगाएत यातायात ब्यबस्था अस्तब्यस्त बनेको छ ।