पाकिस्तानको उत्तर पश्चिम कुर्रम आदिवासी क्षेत्रमा रहेको सेनाको एक चेक प्वाइन्टलाई घेरा हाली चरमपन्थीहरुले गरेको आक्रमणमा परि कम्तिमा २६ जना मारिएका छन् ।
मारिनेहरुमा ६ सैनिक र बांकी सबै चरमपन्थी आक्रमणकारी रहेको अधिकारीहरुले जनाएका छन् । तालिवानसंग सम्बन्ध रहेका चरमपन्थीको आक्रमणपछि दुबै पक्षबीच व्यापक गोली हानाहान भएको थियो ।
आक्रमणमा अरु धेरै घाइते भएका छन् ।
तालिवानविरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको पाकिस्तानी सेनाले जोगी नामको पहाडि क्षेत्रमा आफ्नो पकड मजबुत बनाउने कोशिस गरिरहेको छ ।
गत हप्ता मात्र यही क्षेत्रमा सेना र चरमपन्थीबीचको आक्रमणमा २३ जना मारिएका थिए ।