अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी आईएईएका निरीक्षकहरुलाई ईरानले राम्रो ब्यबहार गरेको टिप्पणी

इरानको परमाणु कार्यक्रमको अनुगमन गर्न इरान पुगेका अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी आईएईएका निरीक्षकहरुलाई ईरानले राम्रो ब्यबहार गरेको टिप्पणी गरेका छन् ।

 

इरान र पश्चिमा मुलुकबीच इरानको परमाणु कार्यक्रमका विषयमा इरानी अधिकारीहरुसंग छलफल गर्न गएको आईएईएका प्रातिनिधीहरुलाई ईरानले आफनो परमाणु कार्यक्रम नाजायज नभएको स्पष्ट पार्दै केही परमाणु केन्द्रहरुको पनि निरीक्षण गराएका छन् । परमाणु उर्जा एजेन्सीका महानिर्देशक युकिया अमानोले इरानको परमाणु कार्यक्रम अनधिकृत हो वा होइन भन्नेबारे स्पष्ट नभएको प्रतिक्रिया दिंदै यसबारे थप जानकारी इरानबाट फर्केपछी मात्रै बताउने जनाएका छन् ।

इरान भ्रमण निकै सार्थक रहेको बताउँदै अमानोले सोचेभन्दा बार्ता सार्थक रहेको प्रतिक्रिया दिएका छन् । आई।ए।ई।ए का प्रतिनिधीहरु ईरानमा तीन दिनसम्म रहेका थिए । इरानले आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ भने अमेरिकालगायतका पश्चिमा राष्ट्रले परमाणु कार्यक्रमलाई अनधिकृत भन्दै रोक्नुपर्नेमा दबाब दिंदै आएका छन् । परमाणु कार्यक्रमलाई लिएर नै अमेरिकालगायत युरोपेली मुलुकले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।