सिद्धाराको दुम्सी गाँउमा ट्याक्टर पुगेपछि खुसियाली

– प्रेमनारायण आचार्य


अर्घाखाँची २० माघ । अर्घाखाँचीको बिकट गाविस सिद्धारा वाड नं ६ मा रहेको दुम्सी प्राबीमा पहिलो पटक ट्याक्टर पुगे पछि स्थानीय बासिन्दाले ट्याकटर र ट्याक्टर चालकलाई फुलमाला र अबिरले स्वागत गरेका छन् । 


   सिद्धारा गाविसको वाड नं ४ हर्रे देखि वाड नं ६ को दुम्सी प्राबीमा जोड्ने ६ किलो मिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भएर पहिलो पटक ट्याक्टर पुग्दा स्थानीय बासिन्दा अतयन्तै हर्षित भएका हुन् ।


बिद्यालयको कोषको ३० हजार र जनश्रमदान गरि कुल ३ लाख ५ हजारको लागतमा खनिएको मोटरबाटोको उद्घाटन बयो बृद्ध १ सय ११ बर्षिय गोबिन्दबहादुर पुनले उद्घाटन गर्नुभएको दुम्सी प्राबीका प्रधनाध्यापक रुमबहादुर पल्लीले बताउनु भएको छ ।

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.