वाँगी: गाउँमा खानेपानी आएपछि खुसीयाली


 वाँगी गुराँसेमा खानेपानीको धारा खोलेर उदघाटन गर्दै स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझी ।

 

– वीरेन्द्र केसी 

 

वाँगी, अर्घाखाँची – वाँगी गुराँसेकी शारदा भुसाललाई गाग्रीमा पानी बोकेर खाने समस्यबाट मुक्ति पाएपछि निकै खुसी भईन । दिनहुँ भरीया जस्तै गाग्रीमा पानी बोकेर खाँदाको दुःख हटेपछि गाउँका महिला सबैभन्दा खुसी भएका छन । वर्षौदेखि कुवाबाट पानी बोक्नुपर्दा दैनिक जीवन कष्टकर बनिरहेको थियो उनले भनिन अब थाप्लोबाट नाम्लो हटेकोमा खुसी छु ।


गाउँका टोलैपिच्छे धारा जडान भएपछि शारदासँगै सिगो गाउँमा खुसीयाली छाएको छ । टोलमा बाँडिएर राखेका धाराबाट पाईप जडान गरेर घर भित्रै पानीको धारा खसेपछि नयाँ कुरा सोच्ने टाउकोको दिमागबाट नाम्लो हटेकोमा सबै गाउँले हर्षित छन । दिनहुँ चार, पाँच गाग्री पधेरोबाट पानी बोक्दा टाउँको दुख्ने ढाड कम्मर दुख्ने समस्याले हैरानी बनाउथ्यो स्थानीय धनकला पंथीले भनिन घरको चुलोचौको देखि खानेपानी बोक्नुपर्ने हुँदा गृहणीलाई धेरै दुःख थियो रजश्वाला भएको बेला देखि सुत्केरी भएको बेलामा पानी नबोकि हुदैनथ्यो त्यो बेला सम्झदा जीवन कष्टकरमै बितायौं अहिले घरमै पानी खस्दा गर्वको अनुभुती भएको छ ।


 वाँगी गाविसको २ ३ ४ र ५ वडाको गुराँसे डाडाँखर्क अरुखोर लगायतका गाउँका ५ सय ५ जना घरदुरीका घर-घरमा खानेपानीका धारा खसेका छन । विभिन्न ४ वटा मुहानबाट यी घरदुरीलाई खानेपानीको सुविधा उपलब्ध गराईएको हो । मालारानी तिमिले गुराँसे र डाडाँखर्कको मुहानबाट ३७ वटा धारा मार्फत उक्त घरदुरीलाई खानेपानी पुगेको हो ।

 

 ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पा र फनबोर्डको सहयोग एवं गाउँलेको जनश्रमदानबाट १० महिनाको अवधिमा खानेपानी योजना सम्पन्न भएको मालारानी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष चन्द्रबहादुर खड्काले बताए । खानेपानीको लागि कष्टकर गाउँलेको जीवनमा घर-घरमा पानी खसेपछि परिवर्तन आएको छु उनले भने गाउँलेले अब तरकारी खेती आयआर्जन खेतबारीमा सिचाई देखि पशुपालनमा वृद्धि गर्ने सोचमा छन । मुहानदेखि गाउँसम्म ६ किलोमिटरको दुरी पार गर्न गाउँलेले दैनिक परिश्रम गरेको उनको भनाई छ ।


उक्त आयोजनाका लागि ६७ लाख ३२ हजार ३४ रुपैयाँ रेडाको लगानी र ९ लाख ११ हजार ३ सय ५१ रुपैयाँको जनश्रमदान गरि ७६ लाख ४३ हजार ३ सय ८५ रुपैयाँमा खानेपानीका चरा वटा योजना सम्पन्न भएको रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले जानकारी दिए । चार वटै आयोजनाको संयुक्त रुपमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरे । खानेपानी आएको खुसीयालीमा गाउँलेले भोजभतेर समेत गरेका थिए ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.