इजिप्टमा बुधबार फुटबल प्रतियोगिताको क्रममा भएको हिंसामा ७४ जनाको मृत्यु भएपछि गरिएको विरोध प्रदर्शनका क्रममा भएको झडपमा कम्तिमा चार जना मारिएका छन् । कायरोमा भएको झडपमा एकजना प्रदर्शनकारी र एक सैनिकको मृत्यु भएको छ । अर्को शहर सुएजमा दुई जना मारिएका छन् । प्रदर्शनकारीहरुले विभिन्न सरकारी भवनमा आगो लगाएका छन् ।
प्रर्दशनमा उत्रिएका फुटबल प्रशंसकहरुले सरकारले रंगशालामा सुरक्षा नदिएको भन्दै आक्रोश पोखेका छन् । सैन्य सरकारले एकता र स्थिरता कायमै राख्न आह्वान गरेको छ । बुधबार पोर्ट सैद शहरमा फुटबल प्रतियोगिताका क्रममा अल अहमी क्लब स्थानिय अल मसरी क्लबसंग पराजित भएपछि अल अहमी क्लबका समर्थक आक्रमणमा उत्रिएका थिए । त्यस लगत्तै रंगशालामा भड्किएको हिंसाले उग्र रुप लिएपछि ७४ जनाको मृत्यु भएको थियो भने हजार भन्दा बढी घाईते भएका थिए । मृत्यु हुनेहरुमा धेरैजसो अल अहमी क्लवका समर्थक रहेको बताइएको छ ।