– लिल बहादुर खड्का
बागी ९ अर्घाखाँची, नेपाल
हाल दोहा कतार
——————————————
रगतले रंगियो जन्मभूमि बन्यो रक्त भूमि
बन्छ भन्थे नयाँ नेपाल बन्छ कि बन्दैन कुन्नि
घायल भए जनताहरु थाकी सके आबाज
जनताले चाहे जस्तो भएन छैन कुनै जबाफ
पुछिए सिन्दुर रित्तिए काख आमाका कैयौ
गए ज्यान भए नामले शहिद देशमा सयौ
भाषण गर्छन स्विजरल्याड बनाउछौ नेपाल
विश्वको गरिब राष्ट हाम्रो के बताउँ छ बेहाल
बने राज्य खण्ड खण्ड आयो ढांचा पुरानो
बहुदल आयो स्वतन्त्र भयो अधिकार भो बिरानो
चल्यो द्धन्द लाग्यो डढेलो सल्कियो सारा देश
लाज भो भन्न नेपाली भनी दौरासुर्बालको भेषमा