अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली सरकारप्रति कडा आलोचना गरेपनि सुरक्षा परिषद्का यी दुई स्थायी सदस्यले प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेका हुन् । रुसी विदेशमन्त्री सरजेई ल्याभरोभले प्रस्तावको निन्दा गर्दैै यसमा केबल सिरियाली राष्ट्रपति असादलाई मात्रै निशाना बनाइएको तर विपक्षी हतियारधारी समूहविरुद्ध कुनै कदम नउठाइएको बनाउनु भयो । रुसले प्रस्तावको मस्यौदामा थपघट गर्न गरेको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको थियो । पश्चिमा मुलुकले सिरिया सरकारको साथ दिएको भन्दै रुस र चीनको आलोचना गरेका छन् । अमेरिकाले भिटोलाई लज्जास्पद भएको प्रतिक्रिया दिएको छ ।
यसैबीच रुसी विदेशमन्त्री र गुप्तचर विभागका प्रमुख मंगलवार सिरियाली राष्ट्रपतिसँग भेटवार्ता गर्ने सिरिया जाने कार्यक्रम छ । उता सिरियाको छिमेकी मुलुक ट्युनिशियाले असाद सरकारसंग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेको छ । यसअघि सुरक्षा परिषद्मा प्रस्ताव माथि छलफल हुनु केही समय अघि मात्रै सिरियाको होम्स् लगायतका शहरमा भएका सरकार विरोधी प्रदर्शनका क्रममा २ सय भन्दा बढी मानिस मारिएको प्रदर्शनकारीहरुको दाबी छ ।