संसदीय चुनावमा धाँधली गरेको आरोपसहित रुसी प्रधानमन्त्री भ्लादिमीर पुटिनविरुद्ध रुसको राजधानी मस्कोमा ठूलो प्रदर्शन भएको छ ।
गत डिसेम्बरमा भएको संसदको चुनावमा पुटिनले धाँधली गरेको भन्दै हजारौं प्रदर्शनकारी सडकमा ओर्लेका हुन् । प्रदर्शनकारीले पुटिनविरुद्ध चर्का नारा लगाउनुका साथै फेरि संसदको चुनाव गर्नुपर्ने माग राखेका छन् । रुसको विभिन्न शहरमा चिसोकोसमेत वास्ता नगरी आन्दोलनमा उत्रेकाहरुले माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने जनाएका छन् ।
यो प्रदर्शनले रुसमा आगामी महिना हुने राष्ट्रपति चुनावका मुख्य उम्मेदवार पुटिनको प्रभाव घट्ने बताइएको छ ।