– Dilli Raj Ghimire
चाहिन्न मलाइ परिवर्तन् जस्ले मेरो खुशी लुटयो
स्वतन्त्रताको चाहानामा आज मेरो भाग्या फुटयो
अनगिन्ती झुटा सपना बाँढी युद्धमा होमी दियौ
घाउ कहिलै बिसेक भएन मात्र संधै रगत पियौ
त्रासदीहरु खेपेका कयौं नागरिकहरु जिउदै छौ
धिक्कारर्दै झुटा आश्वासनलाई आँशु पिउदै छौं
चाहिन्न मलाइ परिवर्तन मुटुका घाउ दुख्दै छन्
एकदिन सुख पाउला भन्ने सपनाहरु सुक्दै छन्
कहाँ दूख्यो घाउ भनी आशु पुछ्न कोही आएनन्
सर्वस्व गूमाउनेले शुरक्षित भबिस्य फिर्ता पाएनन्
खै कहाँ कस्लाइ बेच्यौ हाम्रो त्यो सुनौलो बिहानी
अझै मुटुमा कति लेखी रहने युद्धको त्यो कहानी
चाहिन्न मलाइ परिवर्तन संधै अन्योलमा पारिरहने
परिवर्तनको बाहानामा अझै निर्दोषलाई मारिरहने ।।
म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई
मनको बिरुवा उखेलेर बास्ना सबैलगी
अन्तै रोपी गोडेपछि नसोध मलाई
हाल के बताउँ के भो भन्छन् सबैले
मुटुमा घाउ जोडेपछि नसोध मलाई
पालैपालो फुकेका भविष्यका बेलुनहरु
नसजाई कनै फोडेपछि नसोध मलाई
परिचय दुई
दिनभरि महल बनाएँ
तर म बस्छु झुप्रोमा
अरूको लागी डस्ना बनाएँ
तर म सुत्छु पराले थुप्रोमा
थरीथरीका लुगा सिलाएँ
तर लाउँछु म टालेको
चौरासी व्यञ्जन तयार पारें
तर खान्छु म फालेको
विद्यालयमा बस्छु सधैं नै
तर पनि पढुँ भनी ठान्दिन
घन्टी ठोक्छु ठीक समयमा
तर घन्टीको भाषा म जान्दिन
बिरामी छु भन्दिन कहिल्यै
तयार छु म जे पनि गर्न
ज्यालामा छ हाम्रो जीवन
भोको पेटमा माड भर्न