इजरायलले इरानको परमाणु कार्यक्रम बन्द गर्न माग गर्नु जायज: राष्ट्रपति ओबामाले

इरानप्रति ओबामाको भनाइअमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायलले इरानको परमाणु कार्यक्रम बन्द गर्न माग गर्नु जायज भएको वताउनु भएको छ । इरानको परमाणु कार्यक्रम अनधिकृत भएकाले इजरायलले बन्द गर्न माग गर्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

 

अमेरिकी टेलिभिजनमा अन्तवार्ता दिँदै ओबामाले अहिले इरानमाथि अमेरिकाले थोरै इरान नमात्र आर्थिक प्रतिबन्ध लगाएको भन्दै सुध्रिए थप प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो ।

 

इरानको परमाणु कार्यक्रमका विषयमा पश्चिमा मुलुकले विरोध गरिरहेकै बेला इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको जिकीर गर्दै आएको छ । इरानले अमेरिकाले जस्तोसुकै प्रतिबन्ध लगाएपनि आफुलाई कुनै असर नपर्ने वताउँदै आएको छ ।