मेरो विचार र नेपालको यथार्थता


– डि.आर.जी.-सुमन

 

आज  राष्ट्रियता को  नाम मा देशको हालत अतिनै  नाजुक बनिसकेको छ. आज नेपालको नागरिकहरु नेपाली हु भन्न पनि श्रम मान्न लागिसकेको अबस्था मैले देखेको छु  बास्तवमा नेपालमा जुन  राजनीतिक दलको  नेतृत्व  को सरकार भएपनी नेपाली जनताले महंगी,हड्ताल ,बन्द ,हिम्सा,बाहेक केहि पनि पाउन सक्ने देखिएन बास्तवमा नेपालको विकास कहिले र  कसले गर्ने ? आज हरेक दिन हत्या भएका छन्  ।

 

चेली हरु बेचिबेच्ने हरु कुल व्यापार गरेका छन् भने दिनमै कयौं बलात्कार भयका छन्’  तर यसको निगरानी  गर्ने कसले ? नेपाल को सबै जनता कुनै न कुनै पार्टीको नेता नै हु भन्न रुचाउछन चाहे राज या नीति को अर्थ  नै थाहा नहोस . आज नेपालको अबस्था  हेर्ने  हो भने अतिनै गम्भीर देखिन्छ, बिदेसी पर्यटक को पहिलो आगमन को केन्द्र त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थल मा पर्बेश सगै नेपाल को यथार्थता  झल्किन सुरु गर्दछ बिमानस्थल को आगमन कक्षमा बिजुली छैन .सुरक्षा कर्मी छैन सम्पूर्ण समान जथाभाबी फैलिएको छ कर्मचारी को कुरा गर्ने सैली र  तरिका समेत अतीनै  सिस्टता बिहिन छ ।

 

अझ  बाहिर आउन साथ् टेक्सी  को हालत ले त जहाँ बाट नेपाल पुगियो त्यहिँ ठाउमा  फर्कौ जस्तो लाग्छा ,एक पटक को कुरा हो जब म विमानस्थलमा एक फ्रेन्च नागरिक को गुनासो समेत सुनेको थिय उहाको भनाई थियो : जुन उदेस्य लिएर  नेपाल आएको को थिय त्यो सबै पाउन त सकिन साथमा नेपालमा म आतिनै आपमानित भएको  महसुस गरे जब  म  लुम्बिनी गएको बेला मलाई लुट्ने प्रयास समेत भयो, काठमाडौँ सहर पनि  रास्ट्र को राजधानी को हालत मैले अतीनै अस्त  ब्यस्त भएको मैले महसुस गरे यस कारण म नेपाल कहिले नघुम्ने भनि फर्केको छु भन्दै गुनासोका थिय यो घटना १७ सेप्टेम्बर २०११  को  रात को घटना हो । यस्तै एअरपोर्ट कर्माचारी पूर्णा कागजात भयपनी घुस खानको लागि फर्काउने गर्दछन यसतै हो त नया नेपाल ?

 


 बास्तवमा यस्तै हो भने नेपालमा कहिले प्रजातन्त्र त  कहिले गणतन्त्र आयो  भने पनि बिकासका खेल भनेको  त राणाको पालामा भन्दा फरक छैनन।

 

 नेपाली जनताले नया नया अनुहार र भासन मात्र सुनेका छन् आज आफुलाई क्रान्तिकारी भन्न रुचाउने व्यक्तिहरु क्रान्ति सब्द समेत भुल्न लागेका छन् भन्दा निअर्थ न होला  आज सर्बहारा पार्टी का नेताहरु करोडौंको गाडी प्रयोग  गरेका छन् देस बिदेस भ्रमण गरेका छन् सामान्य रुघाखोकी लागेपनी उपचार को नाम मा जापान पुग्न पछी परेनन् आज नेपालको आबस्था यहा पुगिसक्दा पनि कुनै नेता हरु  गम्भीर हुन सकेका छैनन ।

 

१२ वर्ष जनायुदा को नाम लिएर आन्दोलन गरेको सर्बहारा पार्टीका नेता सरकारमा पुगे तर हिजो जुन आस्वासन दिएर घरबाट आमा बाबा र परिवार  लाई बिर्सना बाध्य पारी कथित् जनमुक्ति सेना नामक समुहमा काम गराईयो आज नेता सरकारमा पुगे पछी आफ्ना गाई आए सबैका आय भने जस्तै गरि उनलाई चकलेट दिई  फ़काईएको बच्चा लाइ जस्तै गरि घर फर्काईएको छ यो कहाँसम्म सहि हो आज नेपालको एक बुद्दीजीबी बर्गले सोच्नु पर्ने गम्भीर बिषय  बनेको छ नेपाली कांग्रेस होस् या माले र माओबादी सहित जुनसुकै पार्टी किन नहोस पहिला त सोचना जरुरि छ कि हामी कुन राष्ट्रमा छौं र  मेरो जिम्मा के हो? जबसम्म हामी यो  कुरामा गम्भीर हुदैनौ तबसम्म राष्ट्र को विकास सम्भब छैन आज नेपालमा बिकासको प्रमुख मेरुदण्ड पूर्व पचिम राजमार्गको हालत हेर्ने हो भने निकै गम्भीर छ यसलाई स्थलगत भ्रमण को लागि सबै नेपालमा राजनीति गर्ने सम्पूर्ण दलका नेता तथा मन्त्रि हरु पुर्ब मेची को काकरभिट्टा देखि धनगडी सम्म पैताल यात्रा मा गई अबलोकन गर्न जरुरि छ।

 


त्यस्तै जल श्रोत को धनि रास्ट्र मा २० घण्टा  लोड सेडीन छ यसकारण हरेक  नेताहरु  संग भएका सरकारी महंगा सबारी साधनहरुबिक्रि गरि आत्यबस्यक सबारी साधन मात्र पर्योग गरि बाकि सुबिधाको रकमले ती भोका जनतालाई खाना खुवाउन जरुरि देखिन्छ किनकि नेता भन्छन हामी देसको लागि केहि गर्छौं ,नेपालमा सबै राजनीतिक पार्टीको आन्त्य हुन  जरुरि देखिन्छ,बिदेस रास्ट्रहरु संग गरीएका असमान सन्धिहरुलाई सुधार गरि  नया बिधी अपनउन जरुरि छ जनतालाई धम्काउने .लुट्ने ,गरेर अगाडी बढ्न खोज्ने नेताहरुको अन्त्य हुन जरुरि छ नेताको सुरक्षामा को नाम मा खटाईएका सुरक्षाकर्मी हरुलाई राष्ट्र बिकासमा लगाउना जरुरि छ बिकास निर्माण को नाममा आउने आराबौं  बिदेसी सहयोगको रकम सबै बिकासमा लगाउनुपर्छ ,तब मात्र हाम्रो  नेपाल एक सबल रास्ट्र बन्न सक्छ, यदि हैन भने नेपाल को बिकास परे जाहोस नेपालको राजनीतिक पार्टी हरुको अस्थित्व नै सधै को लागि बिलय हुदैना भन्न सकिदैन ।

 

लेखक ,प्रगतिसिल मंच नेपालका संयोजक तथा अर्घाखाँची.काम का प्रतिनिधी हुनु हुन्छ ।