अमेरिकाको क्यालिफोर्निया प्रान्त अदालतलद्धारा समलिङी बिबाहलाई बैधानिक दिनुपर्ने ठहर

अमेरिका अदालतलद्धारा समलिङी बिबाहलाई बैधानिक दिनुपर्ने ठहर


अमेरिकाको क्यालिफोर्निया प्रान्तमा समलिङी बिबाहलाई अबैधानिक समलिङी बिबाहमा लगाइएको रोक अवैधानिक भन्दै सन फ्रान्सिस्कोको एक अदालतले यसलाई मान्यता दिनुपर्ने ठहर गरेको छ ।

 

सन् २००८ मा भएको जनमतसंग्रहपछी क्यालिफोनिर्यामा प्रोपोजिसन नाम दिइएको समलैगिक बिबाहमा प्रतिबन्ध लगाईएको थियो ।

 

जसको बिरोधमा क्यालिफोनिर्याका समलिङीहरुले ब्यापक बिरोध गरेका थिए । बिरोध संगसंगै अमेरिकाको तल्लो सदनले सन् २०१० मा उक्त निर्णय खारेज गरेको थियो ।

 

प्रतिबन्धको समर्थन गरेका जनताले बिरोध गरेपछी सो प्रतिबन्ध यथावत नै रहेकोमा अहिले सन फ्रान्सिक्कोको अदालतले बैधानिक ठहर गरेको हो । अदालतको निर्णय कार्यान्वयन हुने नहुने भन्ने स्पष्ट पारिएको छैन यद्दपी अदालतको यो निर्णयसंगै क्यालिफोर्नियाका समलिंङीहरुले खुशियाली मनाएका छन् ।