एक हप्तादेखि जहाजको प्रतिक्षामा रहेका सर्वसाधारण सदरमुकाममै अलपत्र परेका छन्।
जुम्ला-गएरातिदेखि अहिलेसम्म परिरहेको हिउँका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ।
बाक्लो हिउँका कारण यातायातका साधनहरू चल्न सकेका छैनन् भने आज अधिकांश कार्यालय पूर्ण रूपमा बन्द रहे। विद्युत आपूर्ति नहुँदा कलकारखानाहरूसमेत बन्द भएका छन्।
जिल्लाका स्थानीय व्यक्तिभन्दा बाहिरबाट आएका कर्मचारी हिउँको चिसोको परबाह नै नगरी हिउँ खेलेर रमाइरहेका छन्।
सदरमुकाममा अहिलेसम्म दुई फिट र डाँडाहरूमा चार फिटसम्म हिउँ परेको अनुमान गरिएको छ। रासस