सुनसरीमा १०३ वर्षीय पण्डितको गोरुले हानेर मृत्य / दैलेखमा आफैले काटेको रुखले किचेर मृत्यु

काठमाडौँ –  सुनसरीको हरिनगर-५ बस्ने १०३ वर्षीय मौउजेलाल पण्डितको गोरुले हानेर मृत्य भएको छ।


आफ्नै घर आँगनमा हिँड्डुल गरिरहेको अवस्थामा मंगलबार दिउँसो ३ बजे गोरुले टाउकोमा हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दैलेखमा आफैले काटेको रुखले किचेर मृत्यु


यसैगरी दैलेखमा आफैले काटेको रुख ढलेर किच्दा ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो साढे दुई बजे पुठोकाट-८ बस्ने टेकबहादुर शाहीको मृत्यु भएको छ। -नागरिक