जालस्रोतको धनी देश

– लिल बहादुर खड्का

बागी ८ अर्घाखाँची, नेपाल

हाल दोहा कतार

——————————————


जालस्रोतको धनी देश हाम्रो अन्धकार छायो 

चौध घण्टा लोडसेडिंग खै कुन जमाना आयो ।

 

उज्यालोले झिली मिली पार्छौ भन्थे नेताहरु 
झन झन बढ्दै गएका छन स्वदेशका बेथाहरु ।



बिधुतको सट्टा टायर बाल्न लगाउनेलाई 

तिम्लाई के चिन्ता गाह्रो पर्दा बिदेश भाग्नेलाई ।


कहिले हुन्छ देश बिकास लोडसेडिंग झन बढदो छ

महंगीले आकाशै छुन लाग्यो झन झन बढदो छ  ।


गाह्रो भो गरिबलाई बाँच्न खैत हामीलाई रोजगार

शिक्षा स्वास्थ्य छैन मौन छ यो अन्धो सरकार ।


गरिब पनी बाँच्न पाउने जन्म सिद्द अधिकार हो

मुखमा पट्टि हातमा हत्कडी जिबन जेल भयो ।