सन्धिखर्क: एकल महिला एकल साहस

– वीरेन्द्र केसी

 

अर्घाखाँची – सदरमुकामको क्याम्पस रोडकी ३७ वर्षीय रमा केसी २५ वर्ष अघिसम्म घरमै भैसी र बाख्रा पालेर बस्थिन । श्रीमान र घरपरिवारको साहरा हुँदा उनको दैनिकी खुसीयाली र रमाईलोमा बित्ने गरेको थियो । तर त्यो खुसी ७ वर्ष देखि सधाकै लागि अन्त्य भएको छ ।

 


अर्घाखाँचीको सन्धिखर्क स्थित क्याम्पस रोडकी एकल महिला रमा केसीले चाउचाउ उत्पादनको लागि उद्योगमा काम गर्दै । जिल्लामै एक नम्बर उद्योग अन्तरगत पर्ने हिमाली चाउचाउ उद्योग संचालन गरेर लाखौं आम्दानी गरेकी छिन ।

 

२०६१ सालको असोज २९ गते मरो लागि त्यो दिन कालारात्री अन्धकार बनेर आयो उनले भनिन दुई छाक पेटभरी खान राम्रो लाउन र माया दिने श्रीमान सधाकै लागि संसारबाट विदा भए । पेट सम्बन्धी रोगका कारण मृत्यु भएपछि घरपरिवार सहित तीन जना छोरीलाई लालन पालन र शिक्षा दिने जिम्मेवारी मात्रै थपिएन् घरको ६ लाख ऋण सहित भर्खरै ऋणमै खोलेको चाउचाउ उद्योग संचालन गर्ने जिम्मेवारी थपियो । भारतमा नोकरीबाट परिवार पाल्न नसकेपछि गाउँ फर्केर २०५९ सालमा कृषि विकास बैंकबाट १० हजार रुपैयाँ ऋण लिएर हाते मेसिनबाट हिमाली नामक चाउचाउ बनाएर रमाका श्रीमानले परिवार पाल्ने सोचमा बनाएका थिए ।

 

मृत्युपछि एक्ली भएकी रमाले उद्योग शुरु गरौं कि बन्द गरौं भन्ने दोधारमा परिन । रमाका घरपरिवार आफन्त र छिमेकीले किरिया खर्चको लागि उद्योगका सामानहरु लिलाममा बिक्री गर्न सल्लाह दिए । यस्तो दुःखको दोधारमा तातो दुध थुक्नु न ओकेल्नुको अवस्था र अरुले दिएको सल्लाहलाई मानिनन् । एक्ली महिलाले पनि समाजमा केही गरेर देखाउनुपर्छ भन्ने सपना बोक्दै नाफा घाटा जे होस तर श्रीमानको उद्देश्य सफल पार्ने अठोट बाकेर जबरजस्ती उद्योगलाई पुनःसंचालन गर्ने आँट गरिन । श्रीमान छँदा माया र सहानुभुति गर्ने आफन्त र छिमेकीले विदुवा भनि गरेको घृणा र अपमान पीडादायी बन्यो उनले भनिन मैले बनाएका चाउचाउ नै बहिष्कार गरे । उत्पादन सम्बन्धी सामान्य जानकारी भएको र गाउँ र बजारमा बिक्रीको लागि पठाएको चाउचाउ पिर्ता भयो यहि चाउचाउ खाएर श्रीमान मरेको हो खानु हुदैन भन्ने हल्ला पिटाएपछि विहान बेलुका छाक टार्ने समस्याको पीडा झनै खपिनसक्ने भएको उनले भावुक मुद्रामा सुनाईन । धेरैले दुखिरहेको घाउमा मलपटी लगाउने भन्दा झनै थिच्न खोज्दा रहेछनु उनले भनिन त्यो ईख मलाई बिजिरहन्छ । बहिष्कृतका बाबजुत चाउचाउ बनाउन छाडिनन् । शुन्यमा झरेको चाउचाउले विस्तारै बजार पाउँदै गयो उनले भनिन हाल दैनिक १ हजार प्याक उत्पादन भैरहेको छ ।


 हाते मेरिनबाट आधुनिक मेसिन सहित रंगिन खोलमा भएकाले राम्रो बिक्री भएपछि उनको व्यस्तता बढेर गएको छ । उत्पादित चाउचाउ अर्घाखाँचीका सबै गाउँ सहित गुल्मी प्युठान पाल्पा लगायतका गाविसमा बिक्री हुन्छ । घरको सबै ऋण तिरेर अहिले तीन तले पक्की घर बनाएकी छिन । ३ छोरीलाई पढाएकी छिन भने ८ जनाले रोजगारी समेत पाएका छन । माग बढि भएपछि कृषि विकास बैकबाट ६ लाख रुपैयाँ ऋण लिएर आधुनिक मेसिन लिएकी छन । गरिबका पनि दिन आउँछन् भन्थे हो रहेछ उनले पुरानो दुःख सम्झदै भनिन छिमेकी र आफन्तले उद्योगका सामान बिक्री गर्न दिएको सल्लाह मानेको भए आज मेरो के हाल हुँदो हो टुहुरा छोरीहरु कहाँ हुन्थेहोला यति परिवर्तन हुन्छ भन्ने सोचेकै थिईन तर साहस र हिम्मत गरेपछि नसोचेको काम पनि पुरा हुदो रहेछ मेरो श्रीमानको सपना पुरा गरें ।

 

दुई वर्ष अघि कृषि तथा सहकारी मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उनले उत्पादन गरेको हिमाली चाउचाउ गुणस्तर उत्पादनमा नेपालमै दोस्रो स्थानमा छनोट भएपछि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट पुरस्कार र प्रशंसा पत्र पाएपछि ठुलो हौसला मिल्यो उनी भन्छिन दुःख परेको बेला समाजले गरेको बहिष्कार र घृणा सम्झदा खुसीका आँखु झरे । बैंकको ब्याज ८ जनालाई तलब घरखर्च लगायत सबै कटाएर मासिक ४० हजार रुपैयाँ बैंक बचत भएको र १० हजारबाट शुरु भएको उद्योग अहिले १० लाख रुपैयाँको बनाएको उनले बताए । भविश्यमा देशकै नमुना चाउचाउ उत्पादन गर्ने सोचमा रहेकी उनले सरकारले न्युन ब्यारजरमा ऋण उपलब्ध गराईदिन र एकल महिललाई राज्यले राहत नभएर अवसर र अधिकार दिनुपर्ने माग गरिन । 


 एकल महिलाले पनि केहि गर्न सक्छन भन्ने उदाहरण बनेकी सफल उद्यमी रमा सबैबाट प्रशंसित भएकी छिन । चाउचाउ उद्योग भएपनि एकल महिलाले गरेको यो उदाहरण बेरोजगार भएर विदेश जानेहरुले सिक्नुपर्ने छिमेकी निमबहादुर रिजालले बताए ।

 

रमाको मेहनत साहस र जिल्लामा संचालित उद्योगहरु मध्ये एक नम्बरमा रमाको उद्योग भएको उद्योग वाणिज्य संघका सचिव नेत्र भुसालले बताए ।

 

 First Modified / Published Date: (२०६८ माघ २३, सोमवार)

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.