नेपाल दरुण दल अर्घाखाँचीको दुई दिने प्रशिक्षण कार्यक्रम, माओवादी बेईमानी भएको खडकाको आरोप

– वीरेन्द्र केसी


अर्घाखाँची – काग्रेस केन्द्रिय सदस्य एवं प्रभावशाली नेता खुम बहादुर खडकाले माओवादीले सामान्तवाद लादन खोजेको आरोप लगाएका छन । उनले शान्ति र संविधानको बाधक माओवादी रहेको बताउँदै मान्छे मारेर निर्देश जनताको घाँटी रेटेर सत्तामा पुगेको माओवादीले सत्ता हतियार र सेनाको दम्भमा सत्ता कब्जा गर्न खोज्नु आफै समाप्तीको बाटोमा लाग्नु भएको बताए । नेपाल दरुण दलले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्न आएका खडकासँग विहिवार प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीको पछि लागे दुर्भाग्य हुने बताए । 


 शान्तिको लागि काग्रेसले माओवादीलाई १२ बुँदें देखि हालसम्म जे माग्छन दिदै आएपछि सहमती लागु नगर्ने र धोका दिदै आएकाले विश्वास गर्न वातावरण नभएको बताए । उनले यसबारेमा सभापति शुसिल कोईराला र वरिष्ठ नेता शेर बहादुर देउवा लगायतका नेतालाई जानकारी गराएको बताउँदै काग्रेस माओवादीका पछि लाग्दै गए संगठन कमजोर हुदै जाने बताए । शान्ति प्रकि्रया र संविधान निर्माणको बाधक माओवादी छु उनले भने माओवादीले सधैभर सम्झौता गर्ने तर व्यावहारमा उतार्दैन हतियार सेना राखेर संविधान बन्न सक्दैन ।

 
 उनले माओवादीले बि्रगेडियर जनरल बटमलाईन हो भन्ने हास्यास्पद भएको भन्दै मेजर भन्दा माथिको कुनै हालमा मान्न काग्रेस तयार नभएको जिकिर गरे । शान्ति प्रकि्रया र संविधान निर्माण काम पुरा गर्न ढिलाई गरे जनतामा नेता र पार्टीको विश्वास घटदै जाने दावी उनको छ । पुर्व गृहमन्त्री समेत रहेका खडकाले माओवादीले हतियारको दम्भमा जनसंविधानको नाममा सत्ता कब्जा गरि अधिनायकवाद लादन खोजेको आरोप लगाए । जातीय राज्य बनाएर देशलाई जातीय द्धन्द्धमा माओवादीले लैजान खोज्दैछनु उनले भने जातको आधारमा संघीयतामा लैजान हुदैन ।

 

यसैबीच प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै खडकाले शान्तिको लागि गिरिजाबाबुले जंगलका माओवादीलाई सदनमा ल्याउँदा उसलाई के दिईएन तर अब उ सँग कुरा मिल्दैन । उनले सरकार ढलाउने पक्षमा काग्रेस नभई शान्ति प्रकि्रया पुरा गर्ने र संविधान निर्माण गर्ने पक्षमा रहेको बताए ।


१० वर्षे द्धन्द्धमा माओवादीलाई भारत र दरवारियाहरुले पालेका थिए उनले भने तर अहिले उनै पछुताएका छन प्रचण्ड र बाबुराम भारतमा ज्वाई जस्तै भएर बसेका थिए । मधेशवादी दलसँगको चार बुँदे सम्झौता सत्तामा जानको लागि मात्रै भएको भन्दै उनले शान्ति र संविधान पुरा गर्न हेलचेक्राई गरेको बताए । देशलाई संकट पर्दा काग्रेसले नेतृत्व गर्दै आएको छ उनले भने २००७ सालदेखि गणतन्त्र ल्याउन र संविधानसभाको निर्वाचनसम्म काग्रेसले नेतृत्व गर्दै आएको हो अब शान्ति र संविधानका काम पनि काग्रेस नेतृत्व विना कसैले पनि गर्न नसक्ने दावी गरे । उनले काग्रेसलाई बलियो बनाउन तरुण दस्ताको आवश्यता परेको बताउँदै नेता खडकाले भने म गृह मन्त्री हुँदा खेरी नै तरुण दस्ता बनाउन लागे तर पार्टीका नेताले नै दिएनन अहिले उनैले महसुस गरेका छन केन्द्रिय समितिको बैठककाले पास गर्ने वित्तिकै छिटै दस्ता गठन गरिने छ । यसको लागि गृहकार्य भैरहेको दावी गरे ।


कार्यक्रममा अर्का केन्द्रिंय सदस्य मान बहादुर विश्वकर्माले माओवादीले हरेक ठाउँमा बखेडा झिकेर सहमती उल्लघन गर्दै सामान्तवाद लादन खोजेको आरोप लगाए । अनेक बाहनाबाजी गरेर लडाकुलाई अर्का चुनावमा प्रयोग गर्न रणनीति अपनाएको बताए । उनले प्रचण्डले तानाशाह लादन खोजे आफै समाप्त भएर जाने बताए । कार्यक्रममा केन्द्रिय सदस्य तथा सभाषद पुष्पा भुसाल र मीन विश्वकर्माले माओवादीका कारण शान्ति प्रकि्रया र संविधान निर्माणका ढिलाई भएको बताईन ।


उदघाटन कार्यक्रममा काग्रेसका नेताहरु रेवती प्रसाद भुसाल विश्वप्रकाश शर्मा जिल्ला सभापति कमल प्रसाद भुसाल प्रभावशाली नेता विष्णु मुस्कान पुर्व सभापति पिताम्बर शर्मा खिलराज पाण्डे चिराजीवी पौडेल बासुदेव आचार्य हरि बहादुर खडका शान्ति भण्डारी लगायतले काग्रेसलाई बलियो बनाउन सबै एक भएर लाग्नु पर्ने बताए ।


कार्यक्रम लेखनाथ पोखरेलको सचालन गापाल भुसालको स्वागत र पिताम्बर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । २६ र २७ गते दुई दिनसम्म सचालन हुने प्रशिक्षण कार्यक्रमा ४२ वटै गाउँ सभापति सचिव लगायत युवाहरु गरि ६ सय ५० भन्दा बढी युवा तरुणहरु सहभागी रहेका छन । समापनको दिने सन्धिखर्कमा तरुण दलले सन्धिखर्कमा मार्चपास गरि गाउँ फर्केर संगठन विस्तारमा लाग्ने तरुण दलका अध्यक्ष पिताम्बर खनालले बताए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.